भक्तपुरमा कारले ठक्कर दिँदा एकजनाको मृत्यु
![भक्तपुरमा कारले ठक्कर दिँदा एकजनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident-bhaktapur_20221113111649_VYsYbN2n9N.jpg)
भक्तपुर : भक्तपुरको सल्लाघारी डा. इवामुरा मेमोरियल अस्पताल नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सल्लाघारीबाट सैनिक स्कुलतर्फ आउँदै गरेको बा ७ च ०८१५ नं को कारले सैनिक स्कुल हुँदै सल्लाघारीतर्फ जाँदै गरेको बागमति प्रदेश –०२–०२८ प ७३९२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १ बस्ने २३ वर्षीय सन्दिप बस्नेतको मृत्यु भएको हो ।
दुर्घटनापछि बस्नेतलाई नजिकै रहेको डा.इवामरा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । कार चालक २० वर्षीय आयुष कायस्थलाई प्रहरीको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)