कालीकोट पुगेर ओलीले भने- जनताका छोराछोरीलाई सहिद बनाउने र परिवारको बिचल्ली बनाउने प्रचण्ड नै हुन्
कालिकोट : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले मान्छेलाई सहिद बनाउने तर सहिद परिवारलाई नहेर्ने प्रचण्ड 'घाती' मान्छे भएको आरोप लगाएका छन् ।
उनले कालिकोटको रास्कोट नगरपालिकामा एमालेले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै द्वन्द्वमा मान्छेलाई जबरजस्ती सहिद बनाउने, घाइते बनाउने, बेपत्ता पार्ने तर उनीहरुका परिवारलाई व्यवस्थाप गर्ने प्रचण्ड धोकेबाज भएको आरोप लगाएका हुन् । उनले जनताका छोरा छोरीहरुलाई सहिद, अपांगता र बेपत्ता बनाएर प्रचण्डले आफ्ना परिवारलाई अवसर दिएको बताए।
उनले संसद विघटन गरेर एमालेले प्रतिगमन नगरेको दावी गरे। उनले भने, 'दुई तिहाई कम्युनिष्टको सरकार ढाल्न प्रतिक्रियाबादीहरुको प्रचण्ड मतियार भए । त्यसका विरुद्ध न्याय खोज्दै जनताका बीचमा जान संसद विघटन गर्नु परेको हो। सिद्धिन लागेको माओवादी बचाउन औंला समाउन दियौँ । हिडायौँ । प्रचण्डलाई सहअध्यक्ष बनाएको थिए । विशाल पाटीको नेता बनाए । प्रगतिशील बाम शक्ति बनाएर देश बनाउने शक्ति निर्माण गरेका थियौँ । सबै ठाउँमा आफू अल्पमत पर्ने गरी विश्वासले प्रचण्डलाई स्थान दिए । बहुमत पाउने वित्तिकै लोभी पापीले बद्मासी गरे । सिद्धिन लागेको बेला साथ दिए, हात दिए तर अरुको इसारामा चल्नेहरुले घात गरे । प्रचण्डले एकता चाहेनन् । धोका दिए । प्रचण्डले आफ्नो घरमा आगो लगाएर अर्काको घरमा शरण लिन गए । उनले सहमति च्याते । '
अदालत गएर जालझेली गरी प्रधानमन्त्री बनाउनु विधिविपरीत हो । प्रचण्ड विश्वलाई ढाँटे्न पछि पर्दैनन् । उनी केही समय अगाडि जापान जाँदा त्यहाँका पूर्वप्रधानमन्त्री जो नेपाल आएका थिएनन् । उनको नेपाल भ्रमणका बेला आफूसँग तीन पटक भेटेको र राम्रो मित्रता भएको भनेर दुनियाँसामु ढाँटेका थिए ।
ओलीले प्रचण्डले आफ्ना आसेपासेलाई मन्त्री बनाउँछु भन्दै हिँडेको आरोप लगाए। ओलीले भने, 'दुई तिहाई सरकारका विरुद्ध षड्यन्त्र भएपछि जनताका बीचमा जानु प्रतिगमन होइन । अग्रगमन हो । सांसदले प्रधानमन्त्री बनाउने हो । अदालत गएर जालझेली गरी प्रधानमन्त्री बनाउनु विधिविपरीत हो । प्रचण्ड विश्वलाई ढाँटे्न पछि पर्दैनन् । उनी केही समय अगाडि जापान जाँदा त्यहाँका पूर्वप्रधानमन्त्री जो नेपाल आएका थिएनन् । उनको नेपाल भ्रमणका बेला आफूसँग तीन पटक भेटेको र राम्रो मित्रता भएको भनेर दुनियाँसामु ढाँटेका थिए । त्यसरी नै अहिले जिल्ला जिल्लामा गएर मन्त्री बनाउँछु भन्दै ढाँड्दै हिँडेका छन् । प्रचण्डले आफ्ना आसेपासेलाई मन्त्री बनाउँदा जनताले के पाउँछन् । जनताले विकास र समृद्धि पाउन एमाले जित्नुपर्छ । '
राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको संरक्षण गरी देशको गौरब ढाउने निर्वाचन हो । फुटेका हाडीका खप्टा जोडेर बनाएको गठबन्धनले जनताका हितभन्दा आफ्नो स्वार्थ मात्र हेरेको छ ।
देश विकासका लागि एमालेले जित्नै पर्ने उनको भनाइ छ। 'कालिकोट दुर्गम जिल्ला । यहाँ पक्की सडक अझै पुगेको छैन् । कच्ची सडक पक्की बनाउनुछ । विकटतालाई सुगमतामा परिर्णत गर्नुछ । यसका लागि एमालेले चुनाव जित्नुपर्छ । उनले थपे,'यो निर्वाचन विगतको जस्तो होइन, असाधारण महत्वको फैसलाको निर्वाचन हो । मुलुकलाई दिशा निर्देश गर्ने हो । राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको संरक्षण गरी देशको गौरब ढाउने निर्वाचन हो । फुटेका हाडीका खप्टा जोडेर बनाएको गठबन्धनले जनताका हितभन्दा आफ्नो स्वार्थ मात्र हेरेको छ । यी विकाउ मालहरुलाई जनताले आगामी मंसिर ४ को चुनावबाट ठेगान लगाउनुपर्छ । कम्युनिष्ट आन्दोलन बर्बाद हुनबाट जोगाएका छौँ । यसलाई थप बलियो बनाउनुछ । '
उनले २०५१ सालमा एमालेको सरकारले ल्याएको 'आफ्नो गाउँ आफै बनाऔं' भन्ने कार्यक्रबाट भएको गाउँ विकासबाहेक खासै परिवर्तन नभएको बताए । उनले भने,' त्यतिबेला एमाले सरकारले गाउँको विकासको सुरुवात गरेको थियो । वृद्ध भत्ता दिएर नागरिकको सामाजिक सुरक्षा बढाएको थियो । यसले विपन्न नागरिकको लागि ठूलो राहत पुगेको छ । अहिले वर्षको १ हजार ५ सय सेनेटरी प्याड खरिद गर्नका लागि महिलालाई नगद दिने प्रतिबद्धता गरेका छौँ । अन्य विकास र समृद्धिका एजेण्डाहरु हामीले अगाडि सारेका छौँ । यी सबै सपनाहरु साकार बनाउन जनताको बीचमा आएका छौँ । तपाईंहरुले एमालेलाई साथ दिनुस्, हामी समृद्धि दिनेछौँ ।