दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, २ जना घाइते
दार्चुला : दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।
नौगाड गाउँपालिका-६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको जामिरमा आमसभा गरिरहेको एमालेका कायर्कर्ताबीच झडप भएको हो।
झडपमा परी नौगाड ६ का गठबन्धनका कार्यकर्ता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका छन्।
घाइते ठगुन्नालाई सामान्य चोट लागेको र धामीलाई धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।