प्रचण्डको संगतले देउवा पनि बन्दुकको भाषा बोल्न थाले : ओेली

प्रचण्डको संगतले देउवा पनि बन्दुकको भाषा बोल्न थाले : ओेली

दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संगतले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि बन्दुकको भाषा बोल्न थालेको आरोप लगाएका छन्। 

आइतबार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा आयोजित एमालेको विशाल सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्। 

उनले देशको रक्षा र विकास नेकपा एमालेबाट मात्रै सम्भव भएको बताए। 

'एमाले देशको विकास गर्ने देशभक्ति पार्टी हो, जनतालाई खुसी दिने, समृद्ध नेपाल, सुखी नेपाली बनाउन पार्टी हो,' ओलीले भने 'नेपालमा मारकाट गर्ने, आतंक मच्चाउने, महिलाहरूलाई विधुवा बनाउने, घाइते, अपांग बनाउने, बेपत्ता बनाउने पार्टीहरू पनि छन्।'

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री हुँदा मुलुकका लागि के-के काम गर्नुभयो भन्दै प्रश्न गरेका छन्। 

उनले देउवालाई पाँच पटक प्रधानमन्त्री हुँदा मुलकको हितका लागि गरेको कुनै एक मात्र काम देखाउन चुनौती समेत दिए। 
'शेरबहादुर देउवाले देशका लागि कुनै पनि काम गरेका छैनन्,' ओलीले भने। तत्कालीन समयमा शेरबहादुर देउवा गृहमन्त्री हुँदा आफू ५० भन्दा धेरै पटक पक्राउ परेको ओलीले बताए। 

अहिलेको पाँच दलीय गठबन्धनले जनतालाई भुलाउने काम मात्रै गरिरहेको उनको आरोप थियो। गठबन्धनको सरकारले बजेट बनाउँदा खास घरानाका व्यापारिक प्रतिनिधि राखेर करका दर तोकेर राज्यको ढुकुटी लुट्ने काम गरेको बताउँदै ओलीले उनले वर्तमान सरकार निकम्मा भएको आरोप लगाए।  

'२०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले हारे लगतै राप्रपा नेता स्वर्गीय राजेश्वर देवकोटाले गोरु ब्याउँदैन भन्थे, अदालतमा ब्यायो भन्नुभएको थियो, 'अहिले पनि अदालतमा गोरु ब्याए जस्तै भयो, यस पटक त अदालतले पाँच वटा पाठा पायो', उनले भने। 

परमादेशबाट बनेको सरकारले अर्थतन्त्र धारासायी बनाएको र देशको हालत बर्बाद गराएको ओलीको टिप्पणी छ। उनले २०५१ सालमा एमालेको सरकारले 'आफ्नो गाउँ आफैं बनाऔं' भन्ने लोकप्रिय कार्यक्रम सुरुवात गरेको बताए। 

एमालेले एक सय रुपैयाँबाट सुरु गरेको भत्ताले नागरिकको सामाजिक सुरक्षा बढाउनुका साथै अहिले आएर विपन्न नागरिकहरूलाई जीवनयापनमा ठूलो सहयोग गरेको दाबी गरे।  

अध्यक्ष ओलीले घोषणापत्रमार्फत एमालेले २० ग्यारेन्टी सार्वजनिक गरेको बताए। एमालेले सेनेटरी प्याड खरिद गर्नका लागि महिलालाई एक हजार ५ सय रुपैयाँ नगद दिने योजना अघि सारेको समेत ओलीको भनाइ छ। 

यसले महिलाको महिनावारीलाई मर्यादित बनाउन ठूलो योगदान दिने दाबी ओलीको छ। बालबालिका, महिला, जेष्ठ नागरिक, किसान, मजदुरका लागि एमालेले थुप्रै कामहरू गरेको बताए।

अर्को प्रसंगमा ओलीले वार्ताको माध्ययमबाट नेपाली भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन्। दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य एमाले नेतृत्वको सरकार हुँदा सुरु गरेको उल्लेख गर्दै ओलीले उक्त काम एमालेले नै पूरा गर्ने दाबी गरे।

अध्यक्ष ओलीले दैलेख जिल्लालाई विकास गर्ने जिम्मा आफ्नो रहेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.