इजरायलमा गठन हुँदै नयाँ सरकार

इजरायलमा गठन हुँदै नयाँ सरकार

जेरुसेलम (एएफपी) : इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नेता बेन्जामिन नेतन्याहूलाई नयाँ सरकार गठनका लागि अनुमति दिएका छन्। नोभेम्बर १ मा भएको निर्वाचनपछि आइतबार उनले यस्तो निर्देशन दिएका हुन्। 

राष्ट्रपति हर्जोगले गत वर्ष सत्ताच्युत हुनुअघिसम्म इजरायलका सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका नेतन्याहूलाई जेरुसेलममा आयोजित एक समारोहमा आफूले सरकार गठनको जिम्मेवारी दिएको बताए। हर्जोगले भने, ‘पार्टीका नेताहरूसँगको परामर्शपछि परिणाम स्पष्ट भएको छ र सरकार गठनको जिम्मेवारी बेन्जामिन नेतन्याहूलाई दिनुपर्छ।’

उनले भ्रष्टाचारको आरोपमा उदारवादी नेता नेतन्याहूमाथि चलिरहेको मुद्दाबारे पनि चर्चा गर्दै यो अनुसन्धानको क्रममा रहेको बताए। इजरायलका उदारवादी नेता नेतन्याहूले आफूमाथि लाग्दै आएको भ्रष्टाचार आरोपलाई अस्वीकार गर्दै आएका छन्। उनले भने, ‘जेरुसलेम जिल्ला अदालतमा नेतन्याहूविरुद्ध कानुनी कारबाही चलिरहेको छ भन्ने तथ्यबाट म बेखबर छैन र म यसलाई तुच्छ मान्दिन।’

तर, उनले आरोपको प्रतिवाद गर्दा नेतन्याहूले प्रधानमन्त्रीको रूपमा काम गर्न सक्ने कुरा हालैको नजिरले स्पष्ट पारेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.