ब्राजिललाई विश्वकप दिलाएका प्रशिक्षक स्कोलारीले लिए सन्यास

ब्राजिललाई विश्वकप दिलाएका प्रशिक्षक स्कोलारीले लिए सन्यास

साओ पाउलो : सन् २००२ मा ब्राजिललाई अन्तिम पटक विश्वकप जिताएका प्रशिक्षक लुइज फिलिप स्कोलारीले प्रशिक्षक करिअर टुंग्याएका छन्।

सन् २००४ मा पोर्चुगललाई युरोपियन च्याम्पियनसिपको फाइनलसमेत पुर्‍याएकाका सफल प्रशिक्षक स्कोलारीले आइतबार करिअरको अन्तिम खेलमा प्रशिक्षण गरे।

ब्राजिलियन च्याम्पियनसिपको अन्तिम खेलमा ७४ वर्षीय स्कोलारीको टिम एथ्लेटिकोले बोटाफोगोलाई घरेलु मैदानमा ३–० गोलको नतिजामा पराजित गरेको थियो। त्यो जितसँगै एथ्लेटिकोको छैटौं स्थान सुरक्षित गर्यो।

‘मेरो जीवन यस्तो रह्यो, र म यो अध्याय यहीँ टुङ्ग्याउँछु,'खेलपछि भावुक हुँदै प्रशिक्षक स्कोलारीले भने। स्कोलारी एथ्लेटिक क्लबकै पदाधिकारी बनेर क्लबमा फर्किने अपेक्षा छ। तर, टिमको नेतृत्व भने अब उनले गर्ने छैनन्।

इङ्लिस क्लब चेल्सीका पूर्वप्रशिक्षकसमेत रहेका स्कोलारीले गत अगस्टदेखि करिअर टुङ्ग्याउने बताउँदै आएका थिए।

ब्राजिललाई विश्वकप जिताएको दुई वर्षपछि स्कोलारी नेतृत्वको पोचुगल युरो २००४ को फाइनलमा ग्रीससँग पराजित भएको थियो। सन् २०१४ को विश्वकपमा जर्मनीविरुद्ध सेमिफाइनलमा भोगेको ७–१ को फराकिलो हार उनको करिअरकै बिर्सनलायक क्षण रह्यो।

‘मैले अपेक्षा नै नगरेको फुटबल जीवन ज्युन पाएँ, 'उनले भने, ‘र, आज त्यो टुङ्ग्याउँछु।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.