गुल्मीमा प्रदीप र गोकर्ण दोहोरिएलान् ?

गुल्मीमा प्रदीप र गोकर्ण दोहोरिएलान् ?

गुल्मी : कालीगण्डकी गाउँपालिका–२ अरवेनीका रेश्मीराज न्यौपानेले आफूले कल्पनासमेत गरेका थिएनन्। आफ्नो गाउँहुँदै अन्तर्राष्ट्रिय राजमार्ग आउँला भनेर। कुनै पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय राजमार्गको पहुँचमा नभएको जिल्लालाई राजमार्गले जोड्ला भन्ने स्थानीयको आशाको विषय थिएन् तर अहिले उनको गाउँ अरवेनी हुँदै दुई देश जोड्ने कालीगण्डकी करिडोर निर्माणको काम धमाधम भइरहँदा उनी दङ्ग छन्। छिमेकी राष्ट्र भारतको सुनौलीदेखि चीनको कोरलानाका जोड्ने सबैभन्दा छोटो दूरीको राजमार्ग उनकै गाउँ हुँदै जान्छ। 

‘नेता प्रदीप ज्ञवाली राष्ट्रिय राजनीति र सत्ता पहुँचमा नभएको भए यो बाटो आउने सपना पनि गर्न सकिने थिएन’, उनले भने, ‘अझ चाइना र भारत पुग्ने बाटो आउँला भन्ने त हाम्रो सोचकै विषय भएन्।’ 

न्यौपानेका अनुसार सदरमुकाम तम्घास हिंडेर जानुपर्ने बाध्यता अरबेनीबासीलाई थियो। कालीगण्डकी करिडोरले गुल्मीका रुरु, सत्यवती र कालीगण्डकी गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ। उक्त करिडोरले गुल्मी छोएसँगै यस क्षेत्रका स्थानीयले विभिन्न व्यापार व्यवसायमा समेत लगानी गर्न थालेका छन्। स्थानीयको आर्जनसँग यस करिडोरले महत्वपूर्ण योगदान दिएको छ। कालीगण्डकी करिडोर गुल्मी हुँदै लैजानुपर्छ भनेर पहिलोपटक परिकल्पना गरेको गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं पूर्वमन्त्री एमालेका पार्टी सचिव प्रदीपकुमार ज्ञवालीले चुनावी घरदैलोको क्रममा स्थानीयलाई सुनाए।

सडक अभावले कालीगण्डकी र सत्यवतीका स्थानीयले भोगेको पीडा देखेर ज्ञवालीले कालीगण्डकी करिडोरलाई उक्त क्षेत्र हुँदै लैजान जोडबल गरेका थिए। कुनै समय गुल्मीको कर्णाली भनेर चिनिने अरवेनी, पूर्तिघाटका नागरिक सदरमुकाम तम्घास पुग्न तीन जिल्ला पार गरेर आउनुपरेको दृश्य आफ्नो आँखामा अझै पनि झलझली आउने गरेको ज्ञवालीले स्मरण गरे।

यस क्षेत्रका नागरिक सडक बनेपछि अहिले तीन घण्टामै सदरमुकाम पुग्छन्। ज्ञवालीले विश्वका दुई ठूला अर्थतन्त्र देश चीन र भारतको  पारवाहन मार्गका रूपमा नेपाललाई ठूलो लाभ पुग्ने बताएका छन्। कालीगण्डकी करिडोरलाई दुइटा महत्वपूर्ण सभ्यता बोकेका बौद्ध सभ्यता र हिन्दु सभ्यता जोड्ने सडकको रुपमा लिइएको छ। ज्ञवालीले उक्त सडकले लुम्बिनी, रुरुक्षेत्र, गलेश्वरधामलगायतका पर्यटकीय क्षेत्र जोड्ने बताए।

मानसरोवर पुग्नका लागि सबैभन्दा सहज सडकका रुपमा रहेको कालीगण्डकी करिडोरले भविष्यमा गुल्मीका पर्यटकीय क्षेत्रमा विकास पुग्ने देखिन्छ। पहिलोपटक २०५७ सालमा सांसद भएपछि गुल्मीको हर्मिचौरमा करिडोरको शिलान्यास गरेका ज्ञवालीले सडक निर्माणका क्रममा धेरै उतारचढाव भोग्नु परेको विगत सुनाए।

सशस्त्र द्वन्द्वमा यस करिडोरलाई पर्वत र स्याङजा हुँदै लैजाने गरी सम्झौता परिवर्तन भएको थियो तर, पुनः ज्ञवालीले २०६८ सालमा गुल्मी हुँदै करिडोरको काम अगाडि बढाउने कार्यमा पहल गरेका हुन्। करिडोरको सबैभन्दा अप्ठ्यारो भाग अरवेनी र हर्मिचौर खण्डको ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा दिएको थियो। 

अहिले यो करिडोरको सम्पूर्ण ट्रयाक सेनाले खोलेर सम्पन्न गरिसकेको छ। यो सडक अहिले सडक विभागले जिम्मा लिएर गुल्मी खण्डको १ अर्ब ८ करोडमा रिडिदेखि हर्मिचौरसम्म र ४ अर्ब ८ करोड लागतमा हर्मिचौरदेखि बाग्लुङसम्म पक्की गर्ने गरी काम सुरु भइरहेको छ। उक्त करिडोरमा गुल्मी खण्डको ८० किलोमिटर सडक पर्छ। ज्ञवालीले १÷२ वर्षभित्र सडक निर्माणको काम सकिएर भारतको सुनौलीदेखि चीनको कोरला नाकासम्म यातायातका साधन चल्ने बताए। 

यस्तै, गुल्मी छिचोल्दै निस्किएको अर्काे मार्ग हो मदन भण्डारी राष्ट्रिय राजमार्ग। यस राजमार्गले गुल्मीको पूर्वदेखि पश्चिम क्षेत्रलाई समेटेर प्यूठान, अर्घाखाँची जोडिएको छ। जिल्लाका रुरुक्षेत्र, छत्रकोट, गुल्मीदरवार गाउँपालिका, रेसुंगा नगरपालिका, इस्मा, मालिका र मदाने गाउँपालिका छिचोल्दै यो मार्ग निस्किएको छ।

राजमार्गले गुल्मीको पूर्वी, मध्य र पश्चिमी भाग समेटेको छ। हाल यो राजमार्ग जिल्लाको मालिका गाउँपालिका–८ सिमलटारीसम्म पक्की भइसकेको छ। सिमलटारी–सौतामारे खण्ड कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत ३ अर्ब ४२ करोडको लागतमा काम भइरहेको छ। 

  •     छाउनीको १५ रोपनी एक आना खाली गराउन पत्राचार
  •     सतुंगल–थानकोटको १७० रोपनी मोहीका नाममा
  •     सल्लाघारीको १०८ रोपनीमा नगरको पर्खाल
  •     सल्लाघारीको १०८ रोपनीमा नगरको पर्खाल

मालिका गाउँपालिका–६ का निवर्तमान वडाध्यक्ष शोभाखर गिरीले मदन भण्डारी राजमार्गले गुल्मीको पश्चिमी क्षेत्रको अनुहारनै बदलिएको प्रतिक्रिया दिए। ‘यो राजमार्गले धेरै परिवर्तन ल्याएको छ’, उनले भने, ‘हामी जिल्लाको दुर्गम क्षेत्रमा थियौं। पश्चिम जाने सडकनै थिएन। अहिले राजमार्गले सडक छेउमा बजारसमेत खुलेका छन्।’

पश्चिमी क्षेत्रका नागरिक सहजै अहिले यो राजमार्ग हुँदै व्यापार, उपचार र बुटवल काठमाडौं आउजाउँ गर्नसमेत अर्घाखाँची र प्युठान हुँदै जाने गर्छन्। राजमार्गको दायाँबायाँ पक्की घर निर्माण भएका छन्। होटल, मोटरसाइकल वर्कसप र बैंक खुलेका छन्। 

यो राजमार्ग शुरुमा चुरेको किनारै किनार निमार्ण गर्ने योजना बनेको थियो। तर गुल्मीका पूर्व मन्त्रीद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले चुरेको किनारै किनार निर्माण भएमा गुल्मीको अधिकांश भू–भाग राष्ट्रिय राजमार्गविहीन बन्ने बुझेर पहाडी गाउँ हुँदै लैजाने निर्णायक क्षमता गरे। 

आफूले पहल नगरेको भए एक सय वर्ष पनि मदन भण्डारी राजमार्ग गुल्मी आउनेमा मुस्किल पर्ने गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्व मन्त्री गोकर्ण विष्ट स्मरण गर्छन्। ‘मेरो जीवनको भन्दा बढी माया यो राजमार्गको छ’, विष्टले भने, ‘यो राजमार्ग ल्याउनका लागि गरेको संघर्ष र पहलका दुःख भन्न थोरै समयले पुग्दैन्।’

विष्टले राजमार्ग सञ्चालनमा आएपछि गुल्मी–२ का जनताले सधैं भरी सम्झिनेसमेत बताए। पछि परेका वस्ती र क्षेत्रमा अहिले सडककै कारण चहलपहल बढेको विष्टको भनाइ छ। राजमार्ग छिटो निर्माणका लागि निरन्तर बजेट विनियोजनको पहल भइरहेको उनले जानकारी गराए। गुल्मी खण्डको काम लगभग केही वर्षमा निर्माण सम्पन्न हुने बताउँदै विष्टले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको जीवन परिवर्तनका लागि कुनै कसुर बाँकी नराख्ने आश्वासन दिए। अहिले गुल्मेली प्रश्न गर्छन्, ‘विकास प्रेमी ज्ञवाली र विष्ट यो निर्वाचनमा दोहोरिएलान् त ?’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.