साहित्यकार ज्ञवाली सम्मानित
काठमाडौं : अभिनव साहित्य समाजले साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई सम्मान गरेको छ।
वरिष्ठ साहित्यिक पत्रकार चेतन घिमिरेले साहित्यकार एवं अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे' बेदमणि' द्वारा पिताको नाममा स्थापना गरिएको ३० हजार राशीको 'हरि अभिनव विद्वत प्रतिभा पुरस्कार'ले साहित्यकार प्राडा ज्ञवालीलाई दोसल्ला र अभिनन्दनपत्र सम्मान प्रदान गरे।
सो अवसरमा अभिनव साहित्य समाजले स्रष्टा सर्वानन्दा सरस्वतीको पहिलो कृति' देशको खबर (गीत सङ्ग्रह)'समेत लोर्कापण गर्यो।
पत्रकार घिमिरेले नेपाली साहित्यलाई विविध विषयका १०७ वटा पुस्तक दिइसकेका ज्ञवालीका साहित्यिक आयाम उज्यालो तर्फ र जीवन जीउने मार्ग डोर्याउने किसिमका रहने गरेको बताए।
सर्वानन्दा सरस्वतीद्वारा लिखित साहित्यकार एवं समाज सेवीव सन्त रिजालद्वारा प्रकाशित 'देशको खबर (गीत सङ्ग्रह)'का बारेमा साहित्यकार परशुराम परासरले समीक्षा गर्दै किताबमा तीन छुट्टाछुट्टै विषयमा गरी तीज गीतिलयमा ५४ वटा, अस्तित्वको खोज गर्ने सन्दर्भ सामहिक १८ वटा र कोरोना कहरका १९ वटा विविध भावका गीत रहेको जानकारी गराए।
आँखाको समस्या एवं मुटु लगायत विविध स्वास्थ्य समस्यासँग जुद्दै साहित्यमा उदाउँदै गरेकी सर्वानन्दा सरस्वती नेपाल स्काउटका स्काउट शिक्षक, सहकारीकर्मी एवं सञ्चारकर्मी पनि हुन्।