सी र बाइडेनबीच भेटवार्ता, दुई देशबीच असल सम्बन्ध बनाउन जोड
बाली : चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी-२० सम्मेलनका लागि इन्डोनेसियाको बाली आइपुगेका दुई राष्ट्र प्रमुखबीच भेटवार्ता भएको हो।
भेटवार्तामा सीले बाइडेनसँग दुई देशबीच असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताएको एजेन्सीहरूले उल्लेख गरेका छन्।
जी-२० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न उनीहरुको मात्रै होइन, सबै देशको दिमागमा रहेको बताए।