खुकुरी प्रहार गरेर आमाछोरीको हत्या

खुकुरी प्रहार गरेर आमाछोरीको हत्या

नुवाकोट : नुवाकोटको पुर्वी भेगमा रहेको बालकुमारीमा आमाछोरीको विभत्स हत्या भएको छ। हत्या गर्ने युवक फरार छन्।

जिल्लाको दुप्चेस्वर गाउँपालिका-५ बालकुमारीको भंगेरिमा सोमबार बेलुकी खुकुरी प्रहार गरी आमा छोरीको विभत्स रूपमा हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

स्थानीय २० वर्षीया सम्झना खतिवडा र उनकी चार वर्षिया छोरी कृष्टिना खतिवडाको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए। 

उनका अनुसार दुर्गममा भएकाले घटनास्थल पुग्न प्रहरी चौकी टाढा रहेका कारण प्रहरीलाई समय लागेको थियो। प्रहरीले घटनास्थल घेरा हालेर अनुसन्धान सुरु गरेको छ।

हत्या गर्ने स्थानीय युवकको खोजी भइरहेको स्थानीयको भनाइ छ। छिमेकी २० वर्षीय पुष्कल तामाङले धारिलो हतियार प्रहार गरी हत्या गरेको वडाध्यक्ष मैते तामाङले बताए। 

वडाध्यक्ष तामाङका अनुसार दिउँसोदेखि नै युवक पुष्कल तामाङले हातमा खुकुरी बोकेर मान्छे मार्छु भन्दै हिँडेको स्थानीयले देखेका थिए। घटनालगत्तै युवक पुष्कल गाउँबाट फरार रहेका कारण प्रहरी तथा गाउँलेले उनको खोजी गरिरहेका छन्। 

उनका श्रीमान गाउँमा मेला गएका बेला हत्या भएको स्थानीयवासीले बताए। स्थानीयवासीका अनुसार गाउँमा असामाजिक व्यवहार गर्ने तामाङ सुधार केन्द्रमा राखिएका थिए। 

घरमा कोही नभएको र श्रीमान् छिमेकीको धान भित्राउने मेलामा गएको मौका छोपी स्थानीय पुस्कल तामाङले आमाछोरीको वित्भस हत्या गरेको स्थानीयको भनाइ छ। 

आमाछोरी दुवैको गर्धनमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ। मृतकमध्ये आमाको शव घरको आँगनमा र छोरीको शव घरको मूल ढोका अगाडि भेटिएको हो। 

छोरीको शव घुँडा मारेर बसेको र अगाडि किताव पढ्न बसेको अवस्थामा घटना घटेको पाइएको स्थानीयको भनाइ छ।

हत्या भएको घर एकान्तमा रहेको छ। सो घर वरपर एक सय मिटरसम्म अरू घर नरहेको र एकान्ते अवस्थामा रहेको घरमा पुगेर तामाङले खुकुरी प्रहार गरी आमाछोरीको विभत्स हत्या गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.