हुम्ला र डोल्पामा हेलिकोप्टर मार्फत मतपत्र र जनशक्ति पुर्‍याइँदै

हुम्ला र डोल्पामा हेलिकोप्टर मार्फत मतपत्र र जनशक्ति पुर्‍याइँदै

काठमाडौं : हिमाली जिल्ला डोल्पा र हुम्लामा हेलिकोप्टर मार्फत निर्वाचन समाग्री पठाउने निर्वाचन आयोगले निर्णय गरेको छ। पानी परेर चिसो बढेसँगै हिमापातले हिमाली जिल्लाको जनजीवन निकै सकस भएको छ। त्यसलै कर्मचारी, मतपेटीका र मतपत्रको समाग्र सुरक्षाका लागि हेलिकोप्टरको प्रयोग गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए।

मंसिर १ गते भित्र सबै हुम्ला र डोल्पाको सबै मतदान स्थलमा निर्वाचन समाग्री र जनशक्ति हेलिकोप्टर मार्फत पठाइसक्छौं’, उनले भने, ‘ मतदान सकिएपछि हेलिकोप्टर मार्फत मतपेटीका सहित कर्मचारी र सुरक्षाकर्मी मत गणनास्थलमा ल्याउँछौं।’

मौसममा आएको बदलाबले हिमाली जिल्लामा निर्वाचन गर्न कठिनाइ थपिएको छ। दसैंको लगतै भएको वर्षाले कर्णाली प्रदेश र सुदुरपश्चिममा आएको बाढी पहिरोका कारणले सडक अरुद्ध भएको थियो। त्यसले मतदान केन्द्र र मतदान स्थलमा निर्वाचन समाग्री पर्याउन सकस भएको आयोगले जनाएको छ।

‘हुम्ला र माथिल्लो डोल्पामा जाने बाटामा हिउँ छ । पहाड चढेर गाउँ पुग्न पनि कठिन छ ’, प्रमुख निर्वाचन आयुक्त थपलियाले अन्नपूर्णसँग भने, ‘एउटा ठाउँबाट अर्को ठाउँमा जान घण्टौ लाग्ने र हिउँको बाटो पार गरेर जानु पर्ने अवस्थाले हेलिकोप्टर मार्फत निर्वाचन समाग्री पठाउन निर्णय गरिएको छ। ’ चिसोले क्रमस जनताहरु पनि हिमालीबाट बेँसी झर्न थालेका छन्। प्रमुख आयुक्त थपलियाले केही दिन भित्र निर्वाचन हुने भएकाले गाउँमा हिमाली भेगमै बसिदिन मतदाताहरुलाई आग्रह गरेका छन्।

विशेष गरेर  हुम्ला, डोल्पा, संखुवासभा, ताप्लेजुंग, सुलुखुम्बुमा कर्मचारीहरु नै जान सक्ने अवस्था नरहेकोले हेलिकोप्टरको माग आएको थियो।

स्थलगत अध्ययनका आधारमा हुम्ला र डोल्पामा हेलिकप्ट मार्फत निर्वाचन समाग्री, कर्मचारी, सुरक्षाकर्मी सहित पठाउनु पर्ने अवस्था भएको प्रमुख आयुक्त थपलियाले बताए। निर्वाचनको अन्तिम तयारीमा आयोग जुटेको छ। 

अबको पाँच दिनमा मतदानमा मतदान हुन्छ। उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने तीन दिन मात्रै बाँकी छ । ‘सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्रसहित मतदानका निर्वाचन समाग्रीहरु मतदान स्थलमा तर्फ लागि सकेको अवस्था छ’, प्रमुख आयुक्त थपलियालेभने,‘जनताको घरदैलोमा पनि घुम्ती सुरक्षा टिम प्ररिचालन भइरसकेको छ। मतदाता शिक्षाको काम कात्तिक ३० गतेसम्म सम्पन्न हुन्छ। लगतभग हामी निर्वाचनको अन्तिम तयारीमा छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.