हाडले बनेको हजार वर्ष पुरानो खेलौना भेटियो

हाडले बनेको हजार वर्ष पुरानो खेलौना भेटियो

इजरायल : इजरायली पुरातत्वविद्ले हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला पारेका छन् । उत्तरी इजरायलको हाइफानगरस्थित उषा पुरातात्विकस्थलमा उत्खनन गर्दा हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ। 

उमायद खलीफा राजवंशको मुसलमान शासनकाल सातौँ शताव्दीदेखि १३ औँ शताव्दीसम्म प्राचीन इजरायलमा त्यस्ता खेलौना लोकप्रिय रहेका प्राधिकरणले बताएको छ। मुसलमान अवधिको उत्तरार्द्धमा निर्मित खेलौनामाथि देशका केही भागमा त्यतिबेला नै धार्मिक कारणले प्रतिबन्ध लगाइएको थियो । 

मुसलमान शासनकालमा गाई, ऊँट, बाख्रा वा भेडाका खुट्टाका हाडबाट खेलौना बनाइन्थ्यो। पुरातत्वविद्ले फेला पारेको उक्त गुडिया कुन जनावरको हाडबाट हो भन्नेबारेमा प्राधिकरणले केही बताएको छैन। प्राधिरणका अनुसार उक्त कालमा खेलौना आमोदप्रमोदका निम्तिमात्र नभइ शैक्षिक सामग्रीका रूपमा पनि बनाइन्थ्यो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.