अछाममा कुँवर र बोहराबीच कडा प्रतिस्पर्धा : भीम रावलको क्षेत्रमा जित्ला त एमाले ?

अछाममा कुँवर र बोहराबीच कडा प्रतिस्पर्धा : भीम रावलको क्षेत्रमा जित्ला त एमाले ?

अछाम : अछाममा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारहरु जनमत आफ्नो पक्षमा पार्न विभिन्न समृद्धिका एजेण्डा लिएर जनताको घरदैलो, खेतवारीमा पुग्ने गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एकातिर गठबन्धन र ( कांग्रेस, समाजवादी र माओवादी ) र अर्कोतर्फ एमालेका उम्मेदवार चुनावी मैदानमा छन्।

नेकपा एमालेका नेता भीमबहादुर रावलको जिल्ला भएकाले  निर्वाचन निकै चासोको रुपमा हेरिएको छ । 

अछाममा प्रतिनिधितर्फ दुई निर्वाचन क्षेत्र छन् । भीम रावलको निर्वाचन क्षेत्र नम्बर १ को चुनावलाई धेरैले चासोका साथ हेरेका छन् । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा रावल र प्रदेश सभाका चारै सिटमा तत्कालीन वामगठबन्धनका उम्मेदवार विजयी भएका थिए। 

अछाम १ मा स्थानीय तहको प्राप्त मतको आधारमा गठबन्धन बलियो छ । कुँवर मतका आधारमा बलियो देखिएपछि जित्नेमा ढुक्क देखिन्छन् भने बोहरा पाटीभित्रको असन्तुष्ट नेता कार्यकर्तालाई समेटेर बिरासत जोगाउने कसरतमा छन् । 

निर्वाचनमा रावलको नाम जिल्लाबाट एकल सिफारिस हुँदा समेत टिकट नपाएपछि अब एमालेको अवस्था कस्तो रहला भन्ने धेरैको चासो र कार्यकर्ताको चिन्ताको विषय बनेको छ । अछाममा रावललाई एमालेले टिकट दिएन । उनको ठाउँमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा चुनावी मैदानमा छन्।

बोहरासँग गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नेता श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर प्रतिस्पर्धामा छन् । अछाम १ मा स्थानीय तहको प्राप्त मतको आधारमा गठबन्धन बलियो छ । कुँवर मतका आधारमा बलियो देखिएपछि जित्नेमा ढुक्क देखिन्छन् भने बोहरा पाटीभित्रको असन्तुष्ट नेता कार्यकर्तालाई समेटेर बिरासत जोगाउने कसरतमा छन् । 

२०७४ को निर्वाचनमा सँगसँगै हिँडेका कुँवर र बोहरा अहिले प्रतिस्पर्धी छन् । त्यतिबेला बोहरा माओवादी केन्द्र र कुँवर एमालेमा थिए । अहिले दुबैजना फरक फरक पार्टीबाट उम्मेदवार बनेका छन् । बाम गठबन्धनका तर्फबाट (माओवादी) २०७४ मा प्रदेश सभा (ख) बाट विजयी भएका बोहरालाई अहिले एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ भने एमालेका नेता कुँवर अहिले एकीकृत समाजवादी (गठबन्धन) बाट उम्मेदवार बनेका छन् । 

यो निर्वाचनमा भने नेकपा एमालेभित्र पनि रावलले टिकट नपाएपछि व्यापक असन्तुष्टि देखिएको छ । २०७४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा एमालेका नेता रावलले २४ हजार ८ सय ९३ मत पाएर विजयी भएका थिए भने रावलका निकटतम प्रतिद्वन्दी कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार  ६ सय ८९ मत पाएका थिए । 

अछाम १ मा स्थानीय तहको प्राप्त मतको आधारमा गठबन्धन बलियो छ । कुँवर मतका आधारमा बलियो देखिएपछि जित्नेमा ढुक्क देखिन्छन् भने बोहरा पाटीभित्रको असन्तुष्ट नेता कार्यकर्तालाई समेटेर बिरासत जोगाउने कसरतमा छन् । 

क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा गठबन्धनबाट कांग्रेसका सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका मेघराज खड्का र एमालेका नेता देवबहादुर कुँवर चुनावी मैदानमा छन् । खड्का २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवार हर्कबहादुर कुँवर गोबिन्दसँग पराजित भएका थिए । त्यस्तै  प्रदेश सभा २ बाट गठबन्धनबाट माओवादी केन्द्रका झपट साउद र एमालेका कृष्णप्रसाद जैसीबीच प्रतिस्पर्धा हुने भएको छ । 

अछाम निर्वाचन क्षेत्र नं १ मा पाँच पालिका छन् । स्थानीय तहको निर्वाचनमा पाँचै पालिकाको प्रमुखमा गठबन्धनले जितेको छ । एमालेले बान्नीगढी जयगढ गाउँपालिकामा उपाध्यक्ष पद मात्र जितेको छ । चार पालिकामा कांग्रेसले प्रमुख र कांग्रेससँगको गठबन्धनमा एउटा पालिकामा माओवादीले प्रमुख जितेको छ । स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखको प्राप्त मतको आधारमा गठबन्धनसँग २७ हजार १ मत छ भने एमालेसँग १७ हजार १ सय ३८ मत रहेको छ । 

४२ वडा रहेका क्षेत्र नं १ मा १९ वडा कांग्रेस, १३ एमाले, ५ माओवादी केन्द्र, ३ स्वतन्त्र र २ एकीकृत समाजवादीले जितेका छन् । कांग्रेसका वडा अध्यक्षहरुले १६ हजार ७२८ मत पाएका छन् भने एमालेले १७ हजार १४, नेकपा माओवादी केन्द्रले ५ हजार ७ सय २९, एकीकृत समाजवादीले २ हजार ७ सय ५० मत र स्वतन्त्रले १ हजार २१६ मत पाएका छन् । 

निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार राजन कुँवर, हिक्मत कुँवर र हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्मा पनि चुनावी मैदानमा छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.