डेंगु संक्रमणका कारण ६ जनाको मृत्यु

डेंगु संक्रमणका कारण ६ जनाको मृत्यु

चितवन : जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगु रोगको संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेंगुको संक्रमण देखिएको छ। 

संक्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन्। ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ।

जिल्लामा सबैभन्दा बढी डेंगु रोगको संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ। जहाँ एक हजार चार सय ५० जनामा डेंगु रोग देखिएको केसीले बताए। 

उनका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेंगु रोग देखिएको थियो। 

यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगुको संक्रमण देखिएको थियो।

कार्यालयका अनुसार जिल्लामा भेटिएका संक्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेंगु रोगको संक्रमण देखिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.