सान्जेन जलविद्युत्  कम्पनीको आईपीओ बाँडफाँट, कसले कति पाए?

सान्जेन जलविद्युत्  कम्पनीको आईपीओ बाँडफाँट, कसले कति पाए?

काठमाडौं : सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाका लागि खुला गरेको आईपीओ मंगलबार बाँडफाँट भएको छ। 

कम्पनीको प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावितका लागि गत भदौ ५ देखि  असोज ३० गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो। 

जसमध्ये २८ हजार ६०८ जना आवेदकहरूले ५६ करोड ७९ लाख ८७० कित्ताका लागि आवेदन दिएका थिए। 

यस्तो छ नतिजा

क) अति प्रभावित आमाछोदिङ्‍मो गाउँपालिका वडा नं.५ (साविक चिलिमे गा.वि.स) वर्गमा कूल २,१६५ जना रितपूर्वक आवेदन दिने आवेदकहरूमध्ये १० कित्ता देखि ५१० कित्ता माग गर्ने १,३४२ जना आवेदकहरूलाई मागबमोजिम र ५२० कित्ता देखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकहरूलाई ५१० कित्ताका दरले जम्मा ९,४९,२८० कित्ता शेयर बाँडफाँट गरिएको छ।

ख) प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.४ गोल्जुङ्ग (साविक गोल्जुङ्ग गा.वि.स) वर्गमा कूल १,२६६ जना रितपूर्वक आवेदन दिने आवेदकहरूमध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५१८ जना आवेदकहरूलाई माग बमोजिम र ३१० कित्ता देखि ४५० कित्ता सम्म माग गर्ने २३३ जना मध्ये ३२० कित्तासम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सोभन्दा बढी ४५० कित्तासम्म माग गर्ने २३२ जना आवेदकहरूलाई ३४८ कित्ताका दरले र ४६० कित्ता देखि ७०० कित्तासम्म माग गर्ने ५१५ जना आवेदकहरूलाई ३६० कित्ताका दरले जम्मा ३,७४,९२६ कित्ता शेयर बाँडफाँट गरिएको छ।

ग) सामान्य प्रभावित आमाछोदीङ्गमो गाउँपालिकाका अन्य वडाहरू १,२,३ (साविक गल्ताङ्ग गा.वि.स र हाकु गा.वि.स) वर्गमा कुल ३,५८८ जना रितपूर्वक आवेदन दिने आवेदकहरू मध्ये १० कित्ता देखि १५० कित्ता माग गर्ने २,४८३ जना आवेदकहरूलाई माग बमोजिम र १६० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ४१३ जना आवेदकहरूलाई १५० कित्ता, १६० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने ४१९ जना आवेदकहरूलाई १६५ कित्ता, ३१० कित्तादेखि ४५० कित्ता सम्म आवेदन गर्ने १०० जना आवेदकहरूलाई १७४ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १७३ जना आवेदकहरूलाई १८० कित्ताका दरले जम्मा ४,०६,९५५ कित्ता शेयर बाँडफाँट गरिएको छ।

घ) न्युन प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासी वर्गमा कुल २१,३३१ जना रितपूर्वक आवेदन दिने आवेदकहरू मध्ये १० कित्तादेखि १०० कित्ता माग गर्ने ११,४८९ जना आवेदकहरूलाई माग बमोजिम र ११० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ५,६६६ जना आवेदकहरूलाई १०० कित्ता र २१० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने २,२०७ जना आवेदकहरूलाई ११६ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १,२३६ जना आवेदकहरूलाई १२० कित्ताका दरले जम्मा १९,१८,७०८ कित्ता शेयर बाँडफाँट गरिएको छ।

कम्पनीको  अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्युन प्रभावितलाई वितरण गरी बाँकी रहेको १३१ कित्ता शेयरका लागि अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँटमा परेका ५१३ जना आवेदकहरूलाई गोला प्रथाबाट थप १/१ का दरले १३१ कित्ता शेयर बाँडफाँट गरिएको थियो। 

आयोजना प्रभावित स्थानिय बासिन्दाहरूलाई क्रमशः ४.२५ : ३ : १.५ : १ को अनुपातमा शेयर बाँडफाँट गरिएको हो। 

शेयर बाँडफाँड सम्बन्धि विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक श्री नागरिक लगानी कोषको Website: https://nlk.org.np अथवा सह-निष्काशन तथा बिक्री प्रबन्धकहरुको https://sunrisecapital.com.np र https://www.nmbcl.com.np अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित  iporesult.cdsc.com/meroshare.cdsc.com.np बाट हेर्न सकिनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.