रुस-युक्रेन युद्ध: रुसी मिसाइल पोल्याण्डमा खस्यो, दुई जनाको मृत्यु

रुस-युक्रेन युद्ध: रुसी मिसाइल पोल्याण्डमा खस्यो, दुई जनाको मृत्यु

पोल्याण्ड : पोल्याण्डको विदेश मन्त्रालयले मंगलबार दिउँसो ३:४० मा आफ्नो भूमिमा ‘रुसी क्षेप्यास्त्र’ खसेको बताएको छ। जसका कारण सेरेभोडो गाउँमा दुई जनाको मृत्यु भएको छ।

पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण गर्यो भन्ने बारे कुनै 'निर्णायक प्रमाण' नभएको बताएको छ।

पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता लुकाज जसिनाले पोल्याण्डका लागि रुसी राजदूतलाई घटनाको 'तत्काल विस्तृत स्पष्टीकरण' दिन बोलाइएको बताए।

यद्यपि उनले उक्त क्षेप्यास्त्र कसले हान्यो भन्ने कुरा भने खुलाएनन् ।  सेरेभोडो गाउँ युक्रेन र पोल्याण्डको सिमाना र लिभ सहरको उत्तरमा अवस्थित छ।

रुसद्वारा आक्रमण अस्वीकार  

रुसले आक्रमणको खण्डन गरेको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, 'रुसले युक्रेनी-पोलिश राज्य सीमा नजिक कुनै आक्रमण गरेको छैन।'

रुसले विवादलाई अझ बिगार्ने उद्देश्यले उक्त आरोप लगाइएको बताएको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पोल्याण्डका राष्ट्रपति डुडासँग फोनमा कुरा गरेका छन्। जेलेन्स्कीले ट्वीट गर्दै भने, ' मैले पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडासँग फोनमा कुरा गरें र रुसी आतंकबाट मारिएका दुई जनाको मृत्युमा शोक व्यक्त गरें।'
 

नेटोले के गर्ला ?

पोल्याण्ड नेटो समूहको सदस्य राष्ट्र हो। नेटो एक रक्षात्मक सैन्य गठबन्धन हो जसले यस युद्धमा युक्रेनलाई समर्थन गर्दै आएको छ । यसमा बेलायत, जर्मनी र संयुक्त राज्य अमेरिका जस्ता देशहरू सामेल छन्।

नेटोको सदस्य भएपछि कुनै सदस्य राष्ट्रमा सशस्त्र आक्रमण भएमा अन्य सदस्य राष्ट्र सहयोग गर्न अगाडि आउने र आक्रमण भएको वा भइरहेका देशमा नेटोको सेना पठाउने गरिन्छ। 

यदि मिसाइल रूसी भएको पुष्टि भयो भने, यसले द्वन्द्व बढाउन सक्छ। यद्यपि, सैन्य विश्लेषकहरू द्वन्द्व बढ्ने सम्भावना न्यून रहेको बताउँछन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.