दोहोर्‍याउने दाउमा ‘नमुना’

दोहोर्‍याउने दाउमा ‘नमुना’

नेपालगन्ज : बाँकेमा ठूला दलबाट कसैले पनि महिलालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएनन्। प्रदेशसभा सदस्यमा भने सत्ता गठबन्धनले बाँके क्षेत्र नं. १ (१) बाट एक्लो महिला उम्मेदवार कृष्णा केसी ‘नमुना’लाई उभ्याएको छ।

प्रदेशसभा निर्वाचन–२०७४ मा यही निर्वाचन क्षेत्रबाट नमुना निर्वाचित भएकी थिइन्। अहिले उनी वामलोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी छन्। नमुना जितको बिरासत जोगाउँदै दोेस्रो कार्यकालका लागि भिड्दैछिन्। 

उनले प्रदेशसभा निर्वाचन–२०७४ मा नेपाली कांग्रेसका शरदचन्द्र शर्मालाई ३ हजार १९६ मत अन्तरले पराजित गरेकी थिइन्। नमूनाले १३ हजार ४३६ मत र शर्र्माले १० हजार २४० मत ल्याएका थिए। बाँके निर्वाचन क्षेत्र नं. १ (१) प्रदेशसभामा राप्तीसोनारी गाउँपालिकाका ७ वडा र नरैनापुर गाउँपालिकाका ६ वडा छन्। स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनका दलले (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी)का वडाध्यक्षले ल्याएको मत जोड्दा सत्ता गठबन्धनका दलले २४ हजार ३०५ मत ल्याएका छन्। गठबन्धनका दलबीच इमान्दारिता देखाउने हो भने नमुना सबैभन्दा बलियो देखिन्छिन्। 

उनका प्रतिस्पर्धी छन्, एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्रकुमार पौडेल। यो निर्वाचन क्षेत्रमा एउटा मात्र वडा जितेको राप्रपा एमालेको आडमा निर्वाचन जित्ने दाउमा छ। स्थानीय तह निर्वाचनमा एमाले–राप्रपा गठबन्धनका दलले १३ हजार ९१२ मत मात्र ल्याएका छन्। जुुन वाम–लोकतान्त्रिक गठबन्धनभन्दा झन्डै आधा कम हो। 

त्यसो त, अघिल्लो निर्वाचनमा नमूनाका सारथी बनेका अम्बरबहादुर खड्का पनि प्रदेश सभा सदस्यका उम्मेदवार छन्। कांग्रेसबाट राजनीति सुरु गरेर खड्का माओवादी केन्द्र हुँदै टिकटकै लागि जसपा प्रवेश गरेर उम्मेदवार बनेका हुन्। खड्का नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा ४३ करोड रुपैयाँ अपचलन गरेको मुद्दाका अभियुक्त हुन्। केही दिन अघि नेपालगन्जमा सहकारी पीडितले उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए। 

निर्वाचन आयोगका अनुसार यो निर्वाचन क्षेत्रमा दलका ६ र दुई स्वतन्त्र गरी ८ जनाको उम्मेदवारी परेको छ। नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजेन्द्रकुमार विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीका जयप्रकाश चौधरी, नरेन्द्रकुमार पौडेल, स्वतन्त्रबाट प्रदीप पौडेल र तीर्थराज डीसी उम्मेदवार रहेका छन्। वाम–लोकतान्त्रिक गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ। 
बाँकेको नरैनापुरमा मत माग्दै कृष्णा केसी ‘नमुना’ । ि अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.