फेरि राष्ट्रपति चुनावमा उम्मेदवारी दिन्छु :  ट्रम्प

फेरि राष्ट्रपति चुनावमा उम्मेदवारी दिन्छु :  ट्रम्प

वासिङटन : अमेरिकी रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव सन् २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकनले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन् । ट्रम्पको घोषणाको अर्थ उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार बन्न पार्टीभित्रैको  चुनावमा भिड्नेछन्।

फ्लोरिडाको मार-ए-लागो रिसोर्टमा आफ्नो र्‍याली हुनुअघि उनले पार्टीमा आफ्नो उम्मेदवारीको कागजात बुझाएका छन्।

र्‍यालीमा उपस्थित भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, 'अमेरिकालाई फेरि महान र गौरवान्वित बनाउन आज राती म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गर्दैछु।'

उनले मानिसबाट यस्तो माया पाए ठूलो संख्यामा मानिसहरूसँग कुरा गर्न सहज हुने बताए।

उनले भने, ' अबदेखि २०२४ को निर्वाचनको दिनसम्म... म यसअघि कसैले नभिडेको जसरी भिड्नेछु। हाम्रो देशलाई भित्रैबाट ध्वस्त पार्न खोज्ने कट्टरपन्थी वामपन्थी लोकतन्त्रलाई हामी पराजित गर्नेछौं।' 

ट्रम्पले यो अभियान मात्र नभइ अमेरिका बचाउने प्रयास भएको बताए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.