ट्विटर ब्लू टिक नोभेम्बर २९ देखि पुन: सुरु हुने, मस्कले निकालेका २ कर्मचारी फेरि राखे

ट्विटर ब्लू टिक नोभेम्बर २९ देखि पुन: सुरु हुने, मस्कले निकालेका २ कर्मचारी फेरि राखे

वासिङटन : ट्विटरका नयाँ मालिक एलन मस्कले ट्विटर ब्लू टिक सदस्यता नोभेम्बर २९ बाट फेरि सुरु हुने बताए। उनले बुधबार बिहान  ट्वीट गर्दै, 'नोभेम्बर २९ मा, ट्विटर ब्लू-भेरिफाइड फेरि सुरु हुने र यो पटक पहिले भन्दा बलियो हुनेछ भनेर निश्चित हुने छ।'

 
विगतमा, ट्विटरले आफ्नो ८ डलर तिरेर ब्लू टिक लगाउनुपर्ने कुरा तत्कालको लागि बन्द गरेको  थियो। यस योजना अन्तर्गत, धेरै नक्कली र प्यारोडी खाताहरूले पैसा तिरेर आफ्नो लागि निलो प्रमाणीकरण ट्यागहरू किनेका थिए।

Welcoming back Ligma & Johnson! pic.twitter.com/LEhXV95Njj

— Elon Musk (@elonmusk) November 15, 2022

यस योजनामा ​​आएको अनियमिततालाई ध्यानमा राख्दै ट्विटरले यो प्रक्रिया रोक्नुपरेको थियो । ट्विटर खरिद गरेपछि एलन मस्कले प्रमाणीकरण प्रक्रियाका लागि पैसा लिने घोषणा गरेका थिए । यसपछि प्रमाणीकरणका लागि मासिक आठ डलर शुल्क तोकिएको थियो ।
 
मस्क ट्विटरको नयाँ मालिक बनेपछि कम्पनीबाट ठूलो संख्यामा कर्मचारी हटाएका थिए। हटाएका दुई कर्मचारीको तस्बिर सेयर गर्दै इलोन मस्कले ट्वीटरमा लेखेका छन्, ' यी कर्मचारीलाई बर्खास्त गरेर गल्ती भएको छ । अहिले फेरि उनीहरुलाई काममा लगाइएको छ ।'

उनले ट्वीट गर्दै भने, 'लिग्मा र जोन्सन स्वागत छ।'  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.