कञ्‍चनपुर-२ :  एनपी साउँद र नरबहादुर धामी प्रतिष्ठाको लडाइँमा

कञ्‍चनपुर-२ :  एनपी साउँद र नरबहादुर धामी प्रतिष्ठाको लडाइँमा

महेन्द्रनगर : तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर २ सबैभन्दा बढी मतदाता भएको क्षेत्र हो । यो क्षेत्रमा २०४८ सालको निर्वाचनयता तीनपटक कांग्रेस र दुई पटक एमालेले जितेको छ । 

यसपटक यो निर्वाचनमा एमालेलाई विगतको साख जोगाउनुपर्ने छ भने कांग्रेसलाई गुमेको साख फिर्ता ल्याउनुपर्ने बाध्यता छ । मंरिस ४ मा  हुने निर्वाचनलाई दुबै पार्टीले प्रतिष्ठाको विषय बनाएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद र नेकपा एमालेका नेता नरबहादुर धामी प्रतिस्पर्धामा छन् । 

२०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका तारिणीदत्त चटौत निर्वाचित भएका थिए । २०५१ को निर्वाचनमा भने नेकपा एमालेका भोजराज जोशीसँग विजयी भए । जोशीले ११ हजार ८६३ ल्याउँदा नेपाली कांग्रेसका चटौतले ७ हजार २०२ मत ल्याएका थिए ।

अहिले सत्ता गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य साउँद चुनावी मैदानमा छन् । ०७४ को निर्वाचनमा भने यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले ३३ हजार २२० मत प्राप्त ल्याएर विजयी भएका थिए । धामीसँग साउँद ८ हजार ३२७ मतान्तरले पराजित भएका थिए । 

त्यसबेला राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो शक्ति हुन पुग्यो । राप्रपाका उम्मेदवार विनोद विष्टले ५ हजार २६० ल्याए भने स्वतन्त्र उम्मेदवार  प्रेमबहादुर विष्टले २ हजार ३५ मत ल्याएका थिए । २०५६ को आम निर्वाचनमा भने नेपाली कांग्रेसले आफ्नो विरासत जोगायो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका तारिणीदत्त चटौतले १३ हजार १०९ मत ल्याए । चटौतसँग नेकपा एमालेका उम्मेदवार चन्द्रलाल चौधरी ले १० हजार २८२ मत ल्याएर पराजित हुन पुगे । 

२०६४ मा नेकपा माओवादीका उम्मेदवार देवीलाल चौधरी १८ हजार २८४ मत ल्याएर निर्वाचित भएका थिए । उनीसँग नेपाली कांग्रेसका एनपी साउद पराजित भए । २०७० मा भने कांग्रेसले फेरि आफ्नो दबदबा कायम राख्यो । नेपाली कांग्रेसका एनपी साउँद १३ हजार ४१५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपाका तारा लामा तामाङ ९ हजार ६७६ मत ल्याएर पराजित भएका थिए । यसरी विगतको परिणामलाई हेर्दा २०४८, ०५६ र ०७० गरी ३ पटक नेपाली कांग्रेस संसदीय निर्वाचन जितेको थियो । २०५१ र २०७४ को निर्वाचन नेकपा एमालेले आफ्नो पकड कायम गर्यो । २०६४ मा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

अहिले सत्ता गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य साउँद चुनावी मैदानमा छन् । ०७४ को निर्वाचनमा भने यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले ३३ हजार २२० मत प्राप्त ल्याएर विजयी भएका थिए । धामीसँग साउँद ८ हजार ३२७ मतान्तरले पराजित भएका थिए । 

धामीले आफ्नो निर्वाचन क्षेत्रको महत्वपूर्ण समस्या एलेनी जग्गा जग्गाधनी पुर्जा उपलब्ध गराउने, आरक्ष पीडितहरुको व्यवस्थापन गर्ने,दैजी क्षेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउनेलगायतका एजेण्डासहित मत मागीरहेका छन्। 

अहिले धामी आफ्नो जीतलाई निरन्तरा दिने दाउमा छन् भने साउँद गठबन्धनको सहयोगमा बदला लिने प्रयासमा छन् । साउँदले सुकुम्बासी र जग्गाधनी पुर्जा नभएकाहरुलाई छिट्टै लालपुर्जा उपलब्ध गर्ने ,चुरक्षेत्रमा धार्मीक पर्यटकीय सडकको निमार्ण गर्ने, आरक्ष पीडित जनताको बसोबास र मुआब्जाको व्यवस्थापन गर्ने,बाढी नियन्त्रणका लागि गुरु योजना बनाएर काम अगाडि बढाउने एजेण्डासहित मतदातालाई मत मागिरहेका छन्।

धामीले पनि पाँच वर्षको समयमा आफूले अगाडि बढाएका धेरै योजनाहरु पुरा गर्नका लागि आफूलाई मतदान गर्नुपर्ने बताएका छन् ।
उनले  आफ्नो निर्वाचन क्षेत्रको महत्वपूर्ण समस्या एलेनी जग्गा जग्गाधनी पुर्जा उपलब्ध गराउने, आरक्ष पीडितहरुको व्यवस्थापन गर्ने,दैजी क्षेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउनेलगायतका एजेण्डासहित मत मागीरहेका छन्। 

यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २२ हजार ३७९ मत ल्याएका थिए। नेकपा एमालेका वडाध्यक्षले १८ हजार ८२८ मत ल्याएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्र १२ हजार ५७२ मतसहित तेस्रोमा छ । नेकपा (एकीकृत समाजवादी) ४ हजार १६१ मतसहित चौथो स्थानमा रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवारले ३ हजार ३५३ मत प्राप्त गरेका प्राप्त गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.