नासाले अहिलेसम्मकै शक्तिशाली रकेट चन्द्रमामा पठायो

नासाले अहिलेसम्मकै शक्तिशाली रकेट चन्द्रमामा पठायो

वासिङटन डिसी : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पठाइएको अहिलेसम्मकै शक्तिशाली रकेट अन्तरिक्ष प्रक्षेपण प्रणाली सफलतापूर्वक प्रक्षेपण गरेको छ । नासाका लागि यो ऐतिहासिक क्षण हो ।

यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भएको हो । यसअघि अगस्ट र सेप्टेम्बरमा यसको प्रक्षेपण रोकिएको थियो।

यो नासाको आर्टेमिस मिशनको एक हिस्सा हो। यससअन्तर्गत ५० वर्षपछि फेरि चन्द्रमामा मानिस पठाउने तयारी भइरहेको छ । 

यो रकेटमा कुनै पनि अन्तरिक्ष यात्री सवार हुने छैनन् । यदि यो मिसन सफल भयो भने भविष्यमा अन्तरिक्ष यात्रीहरू यो रकेटमार्फत मिसनमा जान सक्नेछन् ।

यो मिसन सफल भए सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्नेछन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.