दिल्लीमा क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने डाक्टरसहित गिरोह पक्राउ

दिल्लीमा क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने डाक्टरसहित गिरोह पक्राउ

एजेन्सी : दिल्ली प्रहरीले क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने गिरोह पक्राउ गरेको छ। प्रहरीले मंगलबार क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने दुई इन्जिनियर, एक डाक्टर र एक व्यवस्थापन पढ्दै गरेकालाई पक्राउ गरेको हो।

दिल्लीको अपराध शाखाका आरएस यादवका अनुसार उनीहरूसहित नक्कली औषधि बनाउने तथा बिक्री गर्ने समूहमा संलग्न सातजनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री वितरण गर्ने हरियाणास्थित सोनीपतमा एक फ्याक्ट्री र गाजियाबादको एक गोदाम नष्ट गरिएको छ।

सोही क्रममा प्रहरी करिब ८ करोड बराबरको नक्कली औषधि पनि बरामद गरेको छ। नक्कली औषधि उत्पादन गर्ने समूहका अन्य तीनजना फरार छन्। 

गाजियाबादको गोदामबाट क्यान्सरका औषधिहरू प्याक गरेर अन्त पठाउने गरेको प्रहरीको बताएको छ। कारोबारमा संलग्न दुईजना डा.पवित्र प्रधान र शुभम मन्ना नोएडाको सेक्टर ४३ मा फ्ल्याटमा बस्दै आएका थिए।

उनीहरूले देशभर औषधि वितरण गर्न 'वी फास्ट'कुरियर' बुक गर्ने गरेको खुलेको छ।

घटनामा संलग्न

डा. पवित्रा नायारण प्रधान चीन विश्वविद्यालयबाट एमबीबीएस हुन्।  उनले दिल्लीको जीटीबी तथा दीपचंद बन्धु अस्पतालमा जुनियर रेजिडेन्टका रुपमा काम गरेका छन्। शुभम मन्ना बेंगलोरबाट बीटेक हुन्। उनले कयौं बहुराष्ट्रिय कम्पनीमा काम गरेका छन्। सोही क्रममा उनी गिरोहसँग संलग्न रहेको पाइएको छ। शुभम दवा औषधि प्याकिङ गर्ने गर्छन्। पंकजसिंह बोहरा र अंकिता शर्मा इन्डस्ट्रीअल  ट्रेनिङ इन्स्च्युट (आइटीआइ) होल्डर हुन्। दुवैजना कुरियरमार्फत् ग्राहकलाई नक्कली औषधि वितरण गर्दै आएका थिए।

यस्तै, रामकुमार हरियाणामा बायोटेक नामको एक औषधि फ्याक्ट्री सञ्‍चालक हुन्। उनले फ्याक्ट्रुीमा क्यान्सरको नक्कली औषधि उत्पादन गर्ने गरेको खुलेको छ। नक्कली औषधि उत्पादनमा संलग्न अर्का आरोपित एकांश वर्माको चुंडीगढमा मेडियर्क फार्म नामको फर्म छ। प्रभात कुमार आदित्य फार्माका मालिक हुन् र उनको कार्यालय दिल्लीको चाँदनी चोकमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.