निर्वाचनमा खटिएका कर्मचारी सामग्रीसहित मतदान केन्द्र प्रस्थान

निर्वाचनमा खटिएका कर्मचारी सामग्रीसहित मतदान केन्द्र प्रस्थान

जाजरकोट : जाजरकोटका भेरीबाहेक ६ स्थानीय तहका निर्वाचनमा खटिएका कर्मचारी सामग्री बुझेर मतदान स्थलतर्फ प्रस्थान गरेका छन् । मंसिर १ गते भित्र सबै मतदान स्थलमा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी पुगि सक्नुपर्ने निर्वाचन आयोगको निर्देशन अनुरुप कर्मचारीहरु बुधबार प्रस्थान गरेका हुन् ।

 सदरमुकाम रहेको भेरी नगरपालिकामा खटिएका कर्मचारी भने बिहीबार मात्र जानेछन् । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छापलगायतका आवश्यक सामग्रीसहित कर्मचारीहरु सुरक्षाकर्मीसहित प्रस्थान गरेको मुख्य निर्वाचन अधिकृत केशव चपाईले बताए ।

 जिल्लाका बारेकोट, नलगाड, कुशे, छेडागाड र शिवालय गाउँपालिकामा खटिएका कर्मचारी बुधबार र जुनीचाँदे गाउँपालिकामा खटिएका कर्मचारी मंगलबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । 

यायातातको पहुँच नभएका मतदान स्थलमा पुग्न पैदल हिँड्नुपर्ने भएकाले अगाडि नै त्यसतर्फ पठाइएको मुख्य निर्वाचन अधिकृत चपाईले बताए । सात पालिका रहेको जाजरकोटमा एक सय ५३ मतदान केन्द्रमा एक हजार एक सय ४० कर्मचारी खटाइएको छ ।

जिल्लामा शान्ति सुरक्षा र निर्वाचन सुरक्षालाई मध्य नजर गरेर तिन घेरामा सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । पहिलो घेरामा म्यादी प्रहरी र जनपद प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिनेछ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.