भारतमा हवाइ यात्रा गर्दा अब मास्क लगाउन नपर्ने

भारतमा हवाइ यात्रा गर्दा अब मास्क लगाउन नपर्ने

नयाँ दिल्ली : भारतमा हवाइ यात्रा गर्दा अब  मास्क लगाउन नपर्ने भएको छ। भारतको नागरिक उड्यन मन्त्रालयले नयाँ निर्देशिका जारी गर्दै मास्क लगाउन नपर्ने बताएको हो। 

कोरोना सुरु भएपछि विमानमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनुपर्ने थियो। मास्क नलगाए ठूलो जरिवाना तिर्नुपर्थ्यो।

मन्त्रालयले कोरोना नियन्त्रणमा आएका कारण मास्क लगाउनुपर्ने बाध्यतात्मक व्यवस्था हटाइएको जनाएको छ। 'विमानमा यात्रा गर्दा अब मास्क लगाउन पर्दैन। विमानमा मास्क लगाउनुस् भनेर भन्न पाइन्छ। तर, मास्क लगाउँदिनँ भन्नेलाई जरिवाना गर्न पाइन्न,' मन्त्रालयले भनेको छ।

विमानमा यात्रा गर्दा मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको भएपनि अरू प्रतिबन्ध भने यथावत छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.