जीप दुर्घटनामा चालकको मृत्यु, ११ जना घाइते

जीप दुर्घटनामा चालकको मृत्यु, ११ जना घाइते

बेनी : म्याग्दी सदरमुकाम बेनीसँगै रहेको पर्वतको जलजला गाउँपालिका-३ माइनडाडामा बुधबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाई पोखरा रिफर गरिएको छ भने आठ जनाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ। 

वारीबेनी प्रहरी चौकीका प्रमुख बिराट ढकालले पर्वतको जलजला गाउँपालिका-२ का ३७ वर्षीय डम्मरबहादुर नेपालीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको बताए। 

ढकालका अनुसार मृतक नेपाली जीपका चालक हुन्। गम्भीर घाइते भएका उमेर नखुलेकी सिर्जना परियार, १५ वर्षीय आषिस नेपाली र ३० वर्षीय सुमन नेपालीलाई पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ। 

१५ वर्षीया सपना परियार, २० वर्षीया प्रियंका बोहोरा, ४० वर्षीया माया दमाई, १३ वर्षीया यसोदा परियार, २३ वर्षीय रोजनसिंह रोदन, १० वर्षीय नविन वर्देवा, १२ वर्षीय सन्देश रत्न र १४ वर्षीय अजित परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ। 

जीपमा सवार सबैजना जलजला गाउँपालिका-२ का बासिन्दा हुन्। 

जीप उकालो सडकबाट करिब १५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको वारीबेनी प्रहरी चौकीका प्रमुख ढकालले बताए। 



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.