यो गठबन्धन २० वर्ष टिक्छ : देउवा

यो गठबन्धन २० वर्ष टिक्छ : देउवा

बैतडी : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन २० वर्षसम्म टिक्ने बताएका छन्। 

बैतडीको शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा बुधबार लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यो गठबन्धन १५ देखि २० वर्षसम्म टिक्ने दाबी गरेका हुन्। 

उनले लोकतान्त्रिक बाम गठबन्धनले देशलाई स्थायित्व दिने बताएका छन्। 'यो गठबन्धन १५-२० वर्ष टिक्छ, देश समुन्नत बन्छ, यो गठबन्धनले जितेमा देश नयाँ बाटामा अघि बढ्छ,' प्रधानमन्त्री देउवाले भने। 

यसैगरी उनले एमाले अध्यक्ष ओली विरोध सहन नसक्ने नेता रहेको आरोप लगाए। 'ओलीजी विरोध सहन सक्दैनन्, कसैले विरोध गरिहाले संसद भंग गरिदिन्छन्,' देउवाले भने। 

नेपाल जलस्रोतको धनी देश रहेकाले विद्युत् उत्पादनमा जोड दिने र विद्युत् बेचेरै नेपाल समृद्ध बनाउन सकिने उनले बताए। 

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमकै गेम चेन्जर परियोजना रहेको भन्दै परियोजना अघि बढाउन भारतसँग समन्वय  भइरहेको बताएका छन्। 

भारतसँग सिमाना जोडिएको बैतडीको तल्लो स्वराड क्षेत्रको महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने देउवाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.