आज मध्यरातदेखि मौन अवधि : के-के गर्न पाइँदैन ?

आज मध्यरातदेखि मौन अवधि : के-के गर्न पाइँदैन ?

काठमाडौं : बिहीबार मध्यरातबाट स्थिर समय (मौन अवधि) सुरु हुँदैछ। मंसिर ४ को निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचार–प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईंदैन। 

निर्वाचन आचार संहिता–२०७९ अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिबाट स्थिर समय लागु हुन्छ। मौन अवधिलाई यसपालिदेखि ‘स्थिर समय’ वा ‘शान्त समय’ भनेर आयोगले परिभाषित गरेको छ। आचारसंहिता उल्लंघन गरेर निर्वाचनमा धाँधली गरेको ठहर भएमा आयोगले उम्मेदवारीसम्म रद्द गर्ने छ। स्थिर समयमा सबै उम्मेदवारका घोषणा पत्र, विचार र विगत बारे मतदातालाई सोच्न दिने समय हो।

आयुक्त तथा निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजक रामप्रसाद भण्डारीका अनुुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन प्रचार प्रसारका कुनै पनि गतिविधि गर्न पाइँदैन। मंसिरको १ गते राती १२ बजेदेखि प्रचारप्रसारका सम्पूर्ण काम निषेध हुन्छन्।

‘राजनीतिक दल र उम्मेदवारले मतदाताहरूलाई घोषणापत्र घरघरमा गएर दिए। विचार र सिद्धान्त मतदातालाई सुनाए। निर्वाचनको ४८ घण्टाअघिकोे समय भनेको दल र दलले दिलाएको विश्वास र दिएको आश्वासन ठीक हो या गलत ? मतदातले छुट्याउने तथा शान्त भएर सोच्ने समय हो’, आयुक्त भण्डारीले अन्नपूर्णसित भने, ‘तपाईंहरू(राजनीतिक दल र उम्मेवार)हरू शान्त हुनुहोस्, अब तपाईंका बारेमा मतदातालाई सोच्न दिनुहोस्।’

मतदना हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृ संगठन र सम्बन्धित व्यक्तिका लागि आयोगले विशेष आचरण पालना गर्नुपर्ने निर्धारण गरेको छ।

यस्ता गतिविधि गर्न पाइँदैन

निर्वाचनको स्थितर समयमा निर्वाचन प्रचारप्रसारका लागि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने आचारसंहितामा उल्लेख छ। आचारसंहिता अनुसार स्थिरसमय सुरु हुनुभन्दा पहिले नै मतदान स्थलको तीन सय मिटर वरिपरी राखिएका राजनीतिक दल तथा उम्मेदवारका चुनाव प्रचारप्रसारका सामग्री हटाउनु पर्ने छ।

राजनीतिक दल र उम्मेवारहरू अब शान्त हुनुहोस्, मतदातालाई सोच्न दिनुहोस्।

- रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त

कुनैपनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन। ती सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट तथा शेयर गर्न गराउन निषेध गरिएको छ।अनुगमनमा गोप्य टिम

निर्वाचनको अन्तिम समयमा बढी चलखेल हुँदै आएको छ। सत्तामा र सरकारी निकाय नजिक रहेको सरकारी सम्पत्तिको पनि प्रयोग हुँदै आएको छ। यसको नियन्त्रणका लागि आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, केही गोप्य टिमहरू देशैभर खटाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अन्नपूर्णलाई जानकारी दिए।

मदिरा बिक्री वितरणमा रोक

निर्वाचनको शान्ति सुरक्षाका लागि मदिराजन्य समाग्रीको बिक्री वितरणमा रोक लगाइएको छ। ‘यस अवधिमा हामीले मदिराजन्य समाग्री ओसारपसार तथा बिक्री वितरणमा नियन्त्रण गरेका छौं’, उनले भने, ‘शान्ति भंग हुने कुनै काम गर्न दिँदैनौं।’ यसपल्ट उम्मेदवारभन्दा तिनले नियुक्ति गरेका र मतलाई तलमाथि गर्ने अदृश्य ठेकेदारहरूको बढी चलखेल हुन्छ कि भन्ने आशंका लागेको छ। त्यसका लागि आयोगले विशेष निगरानी बढाइएको उनले बताए।

चुनाव भाँडे उम्मेदवारी रद्द

कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लंघन गरेर निर्वाचनमा धाँधली गरे उम्मेदवारी रद्द हुने कानुनी व्यवस्था छ। यसरी उम्मेदवारी रद्द गर्नु अघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिइने छ। कानुन अनुसार आचारसंहिता उलंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी र निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.