नेपालगन्जमा विस्फोट, विप्लव कार्यकर्ता घाइते

नेपालगन्जमा विस्फोट, विप्लव कार्यकर्ता घाइते

नेपालगन्ज : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा बाँकेको नेपालगन्जमा बम बनाउँदै गर्दा विस्फोेटनमा परी विप्लवका दुई जना कार्यकर्ता घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार बुधबार राति ८ बजेतिर नेपालगन्ज १० भृकुटीनगरमा प्रेसर कुकर बम बनाउँदै गर्दा विस्फोट भएर सल्यानको बागचौर नगरपालिका–२ घर भएका २७ वर्षीय डिल्लीबहादुर बीसी र कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका ३३ वर्षीय धर्मबहादुर सुनार घाइते भएका हुन्। 

दुवै जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। घरमा अरु  भए नभएको बारे सेनाको बम डिस्पोजल टोलीले सर्च गरिरहेको छ। विस्फोटबाट घरको सिलिङमा क्षति पुगेको छ भने छर्राले भित्ता फुटेको छ। एसपी अधिकारीले बाँकेमा निर्वाचन विथोल्न तर्साउने उद्देश्यले बम बनाउँदै गरेको अवस्थामा विस्फोट भएको बताए। 

नेपाली सेनाको टोलीले घरमै रहेको अर्को प्रेसर कुकर बमलाई राति १०ः४० मा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए। उनले अरु प्रेसर कुकर भए पनि बम भए नभएको सेनाको सर्चबाट थाहा हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.