पोल्यान्डमाथि सुनियोजित आक्रमण भएको हैन : नेटो प्रमुख

पोल्यान्डमाथि सुनियोजित आक्रमण भएको हैन : नेटो प्रमुख

पोल्यान्ड : नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले पोल्याण्डमा भएको मिसाइल विस्फोट युक्रेनी विमानभेदी प्रतिरोधको परिणाम भएको बताएका छन्।

उनले युक्रेन युद्धको कारण हुने कुनै पनि दुर्घटनाको अन्तिम जिम्मेवारी रूसको हुनुपर्ने दावी गर्दै पोल्याण्डको सीमा क्षेत्रमा भएको विस्फोटमा पोल्याण्डविरोधी आक्रमणको कुनै आभास नभेटिएको बताए।

नेटोका राजदूतहरूको बैठकको अध्यक्षता पछि स्टोलटेनबर्गले भने, 'यस घटनाको अनुसन्धान जारी छ, हामीले यसको परिणामको प्रतीक्षा गर्न आवश्यक छ। तर हामीसँग यो जानाजानी गरिएको आक्रमणको परिणाम थियो भन्ने कुनै सङ्केत छैन।'

'हाम्रो प्रारम्भिक विश्लेषणले युक्रेनी हवाई प्रतिरक्षा क्षेप्यास्त्रले युक्रेनी भूमिको रक्षाका लागि रूसी क्रुज क्षेप्यास्त्र आक्रमणबाट बच्नका लागि प्रहार गरेको हुन सक्ने देखाएको छ, ' नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.