ममाथि फेरि घातक हमला हुन सक्छ : इमरान खान

ममाथि फेरि घातक हमला हुन सक्छ : इमरान खान

स्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालैको अन्तर्वार्तामा आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन् । केही दिनअघि पाकिस्तानको वजिराबादमा इमरान खानको पार्टी पीटीआईको लङ मार्चका क्रममा एक व्यक्तिले उनीमाथि घातक हमला गरेका थिए।

हमलापछि उनलाई लाहोरको शौकत खानम अस्पतालमा भर्ना गरिएको थियो। यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको थियो । सोही क्रममा उनको पार्टीका एक कार्यकर्ताको मृत्यु भएको थियो ।

इमरान खान र उनको पार्टीले पाकिस्तानका वर्तमान प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र पाकिस्तानी सेनाका वर्तमान जनरललाई यस हमलाको जिम्मेवार ठहर गरेका छन्।

यस विषयमा फ्रान्स २४सँग कुरा गर्दै इमरान खानले आफ्नो ज्यान खतरामा रहेको बताएका छन् । इमरान खानले भने, ‘म सत्ता बाहिर भएदेखि मेरो पार्टी बलियो भएको छ । मेरो पार्टीले ७५ प्रतिशत उपनिर्वाचन जितेको छ । यस्तो अवस्थामा चुनाव भयो भने हाम्रो पार्टीले जित्छ भन्ने डर छ । त्यसैले तिनीहरू मलाई समाप्त गर्न चाहन्छन्।'

उनले भने, 'यो खतरा कायमै छ किनभने यी मानिसहरूले मलाई हटाउन चाहेको कारण मेरो पार्टी अहिले पाकिस्तानमा सबैभन्दा लोकप्रिय पार्टी हो। हामीले ७५ प्रतिशत उपनिर्वाचन जितेका छौं ।'  

यस कारणले गर्दा मलाई जनताबाट ठूलो सहयोग मिलिरहेको छ । यस्तो अवस्थामा मलाई बाहिर निकाल्ने उपाय भनेको मलाई हटाउनु नै हो । यस्तो अवस्थामा मलाई अझै खतरा छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.