अनलाइनबाटै यसरी मेटाउनुस् अन्तरिक्ष जिज्ञासा
नयाँ दिल्ली : अब अन्तरिक्ष सम्बन्धी जिज्ञासा अनलाइनबाटै मेटाउन सकिने भएको छ। यसका लागि भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले 'अन्तरिक्ष जिज्ञासा' सम्बन्धी वेब पोर्टल सार्वजनिक गरेको छ।
यसमा सहभागी हुन आफ्नो व्यक्तिगत विवरणसहित jigyasa.iirs.gov.in/registration मा आवेदन दिन सकिने छ।
अन्तरिक्षसम्बन्धी जानकारी लिन चाहानेका लागि अनलाइन कोर्स गर्ने मौका मिल्ने छ। यसमा सातवटा अनलाइन कोर्स राखिएको छ।
जसमा ४२ वटा भिडियो र ११३ ज्ञानमूलक सामग्री छन्। यसका लागि हालसम्म ५३५ ले आवेदन दिएका छन्।