'विदेशीको 'इन्ट्रेस्ट' सरकार आफ्नो हातमा नाचोस् भन्ने हुन्छ' (भिडियो वार्ता)
काठमाडौं: निर्वाचनको मिति संघारमा आइसकेको छ । अब तीन दिनपछि मतदानको दिन आउँछ ।
निर्वाचन आयोगले आज मध्यरातदेखि स्थिर समय (मौन अवधि) सुरु हुँदैछ। मंसिर ४ को निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचारप्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईंदैन। तर यही समयमा धेरै चलखेल हुने गरेको पाइन्छ । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ मतदानअघिको तीन दिनमा हुने चलखेलमा विशेष निगरानी गराउनुपर्ने बताउँछन् ।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै श्रेष्ठले अब निर्वाचनको दिनसम्म विशेष सावधानी अपनाउनुपर्ने बताउँछन् । उनले विदेशीको 'इन्ट्रेस्ट' सरकार आफ्नो हातमा नाचोस् भन्ने भएकाले पनि धेरै चलखेल हुनसक्ने श्रेष्ठको भनाइ छ । हेर्नुहोस् श्रेष्ठसँगको कुराकानी ।
प्रतिक्रिया दिनुहोस !
५