मंसिर ४ पछि मुख्य शक्तिमा उदाउँछौं
विकास नै आगामि निर्वाचनको मुख्य एजेण्डा भएको बताउँछन् हाम्रो नेपाली पाटीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार अनन्तराज घिमिरे । घिमिरेले भ्रष्टाचार विरुद्ध आफुहरुको शक्ति परिचालन हुने बताए । कार्यान्वयन र निष्पक्षता नै आफ्नो अभियानको मुख्य शक्ति रहेकाले मंसिर ४ पछि मुख्य शक्तिका रुपमा उदाउने बताउने घिमिरेसँग अन्नपूर्णकर्मी अजवी पौड्यालले गरेको कुराकानीको सम्पादित अंश:
हाम्रो नेपाली पाटीको चुनावी एजेन्डा के हो ?
हाम्रो मुख्य एजेन्डालाई ४ बुँदामा समेटेका छौँ । भ्रष्ट नेतालाई जेल नहालेसम्म यो देश बन्दैन । यसैले पनि भ्रष्ट नेतालाई जेल हाल्ने अभियानमा लौरो अभियान छ । लौरो सरकार निर्माण भयो भने पहिलो काम नै भ्रष्टाचारीलाई जेल हाल्ने हुन्छ । यस्तै आत्मनिर्भर अर्थतन्त्र हुनुपर्छ । यसका लागी गाँजा र जडिबुटिको व्यावसायिक उत्पादन सुरु हुनुपर्छ । सरकारी विद्यालय र सरकारी अस्पताल यही बजेटमा गुणस्तरीय बनाउन सकिन्छ । नि:शुल्क पनि बनाउन सकिन्छ । सरकारी अस्पताल र स्कुल तपाईं र मेरो रोजाइमा पार्न गुणस्तरीय बनाउन सकिन्छ । यसका लागी सरकारी निकायमा हुने राजनीतीकरण अन्त्य गरी त्यसको गुणस्तरीय बनाउन लौरोमा भोट । हामीले स्वरोजगारका अवसर सुरु गर्दै रोजगारी प्रदान गर्ने मुख्य एजेन्डा बोकेका छौँ । विदेशमा गएका ५० लाख युवालाई नेपाल फर्काउन अवसर सिर्जना गर्ने ।
तपाइँको उम्मेदवारी किन छैन?
मैले उम्मेदवारी दिएको छैन । भर्खरै मात्रै स्वतन्त्र पाटीको रुपमा स्थापना भएकाले देशका सबै ठाउमा हामी पुग्न सकेका छैनौँ । पाटी संरचना बढाउन र समन्वय गर्नको लागी मैले उम्मेदवारी दिएको छैन ।
लौरो अभियानबाट कतिले उम्मेदवारी दिए ?
लौरो अभियानबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ ६५ जना चुनावी मैदानमा छन् । प्रदेशसभा सदस्यको लागी १०१ जनाको उम्मेदवारी छ ।
लौरो चुनाव चिन्ह खुव चर्चामा छ नि ?
स्वतन्त्र रुपमा राजनीतिमा आउन चाहने युवाले गण्डकी प्रदेशबाट अटेरी समूहको नाममा यो अभियान शुर गरेका हुन् । यो समूहमा इन्जिनियर, डाक्टर र विभिन्न क्षेत्रका पेशाकर्मी सहभागी छन् । स्थानीय चुनावमा काठमाडौका मेयर बालेन र धरानका मेयर हर्क स्याङपाङको जितपछि यो समूह अझ सक्रिय भयो । अहिले हामी संसदमा पुगेर भ्रष्टाचार निमूल पार्ने अभियानमा छौ ।
लौरोमा भोट किन हाल्ने ?
लौरो काम गरी खाने पेशाकर्मीहरुको पाटी हो । यो अभियानमा जोडीने हर कोही कुनै न कुनै पेशा व्यवसायमा आवद्ध छन् । भ्रष्टाचारको अन्त्य विना यो देश बन्दैन । गाउदेखी शहरसम्म मौलाउदै गएको भ्रष्टाचारको जालो भत्काउनको लागी लौरोमा भोट हाल्न आवस्यक छ । यसका साथै तपाइ हामीले असम्भव ठानेको देशको विकास गर्नको लागी सक्षम व्यक्तिलाई सत्तामा पुराउनको लागी लौरोमा भोट जरुरी छ । भ्रष्टाचारमा लौरो लगाउने नै हो हाम्रो प्रमुख उदेश्य ।
संसदमा वैकल्पिक पाटी बन्नुहुन्छ ?
लौरो स्वतन्त्रताको सिम्वोल हो । यसले हर कोहीलाई विकल्प दिन्छ । लौरो जनताको मनमा छ । यसले स्वतन्त्र सरकार निर्माण गर्न सक्छ । स्वतन्त्र न्यायापालिका र निकाय निर्माण गर्न सक्छ । शत्तिशाली छ लौरौ अभियान । राजनीनीतक दलका कार्यकर्ता भएको हर निकायमा निस्पक्ष सेवा पाइदैन । तर लौरो कुनै दलप्रति बफादार छैन । देश बनाउन हुटहुटी भएकाको समूह हो यो । जनताको आर्कषक छ यसमा ।
देशको व्यवस्था धेरैपटक परिवर्तन भैरह्यो । तर अवस्था परिवर्तन भएन । सत्ता प्राप्तीको लागी गठबन्धन गर्ने नेताहरु जनताको कामका लागी कहिल्यै मिल्न सकेनन । कुर्सी तानातानमै समय गयो । यसले पनि काम गर्ने व्यत्तिलाई सदनमा पुराउनको लागी लौरो अभियान तयारी अवस्थामा छ ।
देशलाई विकास गर्नको लागी, सिष्टम निर्माणका लागी युवा जुटेका छन् । स्थानीय निकायबाट अटेरी अभियान सुरु भएको हो । हामीले नगरे कस्ले गर्ने भन्ने जिम्मेवारी अनुभव गर्दे देशभर वैकल्पीक राजनीतीक शक्तिको रुपमा लौरो अभियान उदाउने पक्का छ ।