निर्वाचन स्थलमा खटिए कर्मचारी

निर्वाचन स्थलमा खटिए कर्मचारी

तानसेन : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरू मतपत्र बोकी मतदान स्थलमा खटिएका छन्।

निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट मतदानका लागि चाहिने मतपत्रसहित ५८ प्रकारका आवश्यक सामग्री बुझेर कर्मचारी, सुरक्षाकर्मीहरू आ–आफ्नो मतदान केन्द्रमा खटिएका छन्। 

बिहीबार पाल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृत कार्यालयमा निकै भीडभाड देखियो। निर्वाचनमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मीहरू मतपत्रसहित आवश्यक सरसमान बोकेर सहर छोडी गाउँ–गाउँका मतदान स्थलमा खटिएका छन्। 

मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी, फरक केन्द्रका कर्मचारीहरू बैठक बसी कार्यविभाजन गरेको र मतदान स्थलमा विभिन्न किसिमका सूचना टास गर्ने तिनाउँ गाउँपालिका–५ पृथ्वी प्रकाश मावि कोल्डाँडामा खटिएका मतदान अधिकृत डिल्लीराज गैरेले बताए। 

बिहीबार बेलुकासम्म पाल्पाका ११८ मतदान स्थलका २४६ केन्द्रमा मतपत्रसहित आवश्यक सरसमान लिएर पुगेका छन्।  पाल्पाका अति दुर्गम क्षेत्रका मतदान अधिकृतहरू बुधबार नै मतदान स्थलमा पुगिसकेका छन्। 

मतदान स्थलमा पुगिसकेपछि मतदान स्थलका अन्य केन्द्रहरूसँग पनि सामूहिक बैठक बस्ने, मतदान स्थलमा विभिन्न प्रकारका सूचनाहरू टाँस गर्ने, सर्वदलीय बैठकका लागि स्थानीय स्तरमा रहेका राजनितिक दलहरूसँग पत्राचार गर्नेलगायतका काम गरेको रैनादेवी छहरा गाउँपालिका–७ गहते मावि मतदान स्थलमा खटिएका मतदान अधिकृत भरत आचार्यले बताए। 

बिहीबार २ सय ४६ वटै मतदान केन्द्रका मतदान अधिकृतहरू मतदान स्थलमा पुगेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.