भक्तपुरमा निर्वाचन तयारी पूरा
भक्तपुर : आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा सबै तयारी पूरा भएको छ।
दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको हो।
निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित मतदानस्थल पठाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।
चार नगरपालिका रहेको जिल्लामा दुई सय २२ मतदान केन्द्रहरु छन्। निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, नेपाल र म्यादी गरी दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छ।
जिल्लामा एक लाख ९४ हजार चार सय ३९ जना मतदाता रहेका छन्। यीमध्ये महिलाको संख्या बढी छ।
प्रतिक्रिया दिनुहोस !
१