सेनाले मतदान स्थललाई सुरक्षित बनाउने

सेनाले मतदान स्थललाई सुरक्षित बनाउने

धनगढी : नेपाली सेनाले सुदूरपश्चिमका मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेको छ। 

नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी विजय थापाले शुक्रबार आयोजना गरेको पत्रकार भेटभाटका क्रममा यस्तो बताएका हुन्।

‘यसपालीको चुनावमा नेपाली सेना सहितका चारवटै सुरक्षा निकाय परिचालन भएका छन्। नेपाली सेना हरेक नेपालीको सुरक्षाको जिम्मा लिने प्रमुख सुरक्षा निकाय भएकाले, चुनावमा निर्धक्क भएर मतदान गर्न आग्रह गर्दछु’ उनले भने। 

उनले सुदूरपश्चिमका नौवटै जिल्लाका सुरक्षा समितिको निर्णय अनुसार नेपाली सेना परिचालन भइसकेको बताए। 

‘सुदूरपश्चिमका नौवटै जिल्लामा ३० वटा कम्पनी अपरेडिङ बेस, प्लाटुन अपरेटिङ बेस र सेक्सन अपरेटिङ बेसहरू खडा गरी परिचालन गरिएका छन्। जिल्ला सुरक्षा समितिसँग समुन्वय भएर सुरक्षा योजना बनाइएको छ। २५० भन्दा बढी स्थानहरूमा ससाना टुकडीहरू खटिएर जनतालाई भयरहित रूपमा मताधिकार प्रयोग गर्नका लागि नेपाली सेना तयारी अवस्थामा छ। सुरक्षाको हिसाबले सबै मतदाताहरूलाई भयरहित रूपमा मतदानका लागि आग्रह गर्दछु’ पृतनापति थापाले भने।

मंसिर ४ गतेको आम निर्वाचनका लागि सरकारले चारवटै तहको सुरक्षा निकाय परिचालन गरेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभाग गरी चारवटै सुरक्षा अंगहरू चुनावमा परिचालन गरिएका छन्। 

पृतनापति थापाले, सुदूरपश्चिम प्रदेशका संवेदनशील भनि जिल्ला सुरक्षा समितिले तोकेका स्थानमा हवाई गस्तीको पनि व्यवस्था गरिएको बताए। ‘संवेदनशील स्थानहरू, मतदान केन्द्रहरूलाई कभर गर्ने गरी हवाई गस्ती पनि गर्ने योजना बनाएका छौं’ पृतनापति थापाले भने। 

पत्रकार भेटघाटका क्रममा सहायक रथी टंकप्रसाद भट्ट, प्रमुख सेनानी रबी केसी सहितका सेनाका अधिकारीको सहभागिता रहेको थियो। केही महिना चारवटा कमाण्ड प्रणालीमा गएको सेनाको संरचना गएको असोजदेखि फेरि पृतना प्रणालीमा आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.