हङकङ स्टारफेरिमा नौमति बाजा गुञ्जिएपछि...
हङकङ: नौमति बाजा, नेपाली हस्तकला, वास्तुकला, हात हातमा नेपालको राष्ट्रिय झन्डा अनि विभिन्न भेषभुषामा सजिएका नेपालीको उपस्थिति । जहाँ नेपाल कै एक सहरको झल्को आइरहेको थियो ।
यो दृश्य हङकङमा आयोजित अन्तराष्ट्रिय जातिय सांस्कृतिक प्रर्दशनी २०२२ को हो । हङकङ लिजर एण्ड कल्चर डिपार्टमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा दर्जनभन्दा बढि देशले आफ्नो संस्कृति प्रर्दशन गरेका थिए ।
कार्यक्रममा चाईना, सिगांपुर, कोरिया, ईन्डोनेसिया, जापान, लाओस, फिलिपिन्स, कम्बोडिया, बंगलादेश, नेपाल, युनाईटेट अरव, साउथ अफ्रिका, भेनेज्युला, कुवेत, काजिकिस्तान लगायतका देशले आफ्नो संस्कृति प्रर्दशन गरेका थिए ।
मौलिक भेषभुषा, नाँचगान र शैली प्रर्दशनी कार्यक्रममा नेपालको तर्फबाट नौमति बाजा, झाँकी, मौलिक नृत्य, तथा विभिन्न मौलिकता झल्कने नेपाली वस्तुको प्रर्दशनी राखिएको थियो ।
नेपालको सांस्कृतिक प्रर्दशनीलाई हङकङ नेपाली महासंघ र महावाणिज्यदूतावासले समन्वय गरेको थियो ।
महासंघ अध्यक्ष रीता गुरुङ भन्छिन्, 'वास्तवमै हङकङ सरकारले सवै देशको कला र संस्कृतिलाई उत्तिकै सम्मान गर्ने गर्दछ । हङकङकै ब्यस्त पर्यटकीय स्थल स्टारफेरिमा नेपाली विविधता र मौलिकता प्रर्दशन गर्न पाउँनु, हाम्रो देशलाई दर्जनौं देशको सामु चिनाउँन पाउँनु गौरवको अवसर र विषय हो, भन्ने लाग्छ ।'
कार्यक्रममा विभिन्न जातिय, सामुदायिक संघसंस्थाका प्रतिनिधि, व्यवसायी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता थियो ।