मुस्ताङको दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्रै
जोमसोम: मुस्ताङका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्र परिचालन भएका छन् ।
वारागुङ मुक्तिक्षेत्रका दुई मतदान केन्द्रमा महिला कर्मचारीलाई मात्र परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि वारागुङ मुक्तिक्षेत्र–१ लुप्राको लुप्रा आधारभुत मतदान केन्द्र र वारागुङ मुक्तिक्षेत्र–३ समरको समर आधारभुत मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाईएको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए ।