निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न दलहरूको ऐक्यबद्धता
बैतडी : मतदान केन्द्रमा सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू शुक्रबार सम्पन्न भएका छन्।
बैतडीका २१० वटै मतदान केन्द्रमा बैठक सम्पन्न भएका हुन्। मंसिर ४ गते आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न विभिन्न निर्णय गरिएको सम्बन्धित मतदान केन्द्रका अधिकृतहरूले जनाएका छन्।
मतदानको दिन अपनाउनुपर्ने सावधानी, पालना गर्नुपर्ने नियम लगायतका विषयमा राजनितिक दलका प्रतिनिधि तथा सरोकारवाला निकाय एकमत देखिएको र आवश्यक सुरक्षा सतर्कता पनि अपनाइएको सिगास-२ स्थित अर्जुन माविमा रहेको मतदान केन्द्राका मतदान अधिकृत योगेशप्रसाद भट्टले बताए।
मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसारका सामग्री हटाउने, मदिरा पूर्ण रूपमा निषेध गर्ने, निर्वाचनलाई निष्पक्ष र विवादरहित बनाउने लगायतका निर्णय गरिएको छ।