‘ढुक्क भएर मतदान गर्नुहोस्’

‘ढुक्क भएर मतदान गर्नुहोस्’

काठमाडौं : आइतबार हुन लागेको निर्वाचनका लागि सुरक्षाका सम्पूर्ण तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको एक कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले देशभर सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिए। 

नेपाली सेनाका प्रतिनिधिसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई छेउमा राखेर गृहसचिव विनोदप्रकाश सिंहले आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा गराउन गृहमन्त्रालय प्रतिबद्ध रहेको बताएका थिए। गृहसचिव सिंहले भयरहित र उत्साहपूर्ण ढंगले मतदान गर्न सबै मतदाताहरूमा आग्रह गरेका छन्। गृहसचिव सिंहले निष्पक्ष वातावरणमा निर्वाचन गराउन म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीहरू अहोरात्र खटिइरहेको बताए। 

गृहले कसैको प्रलोभन र त्रासमा नपरी मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरूलाई आग्रह गरेको छ। गृहले मुलुकका ९ सय ३ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली खटाएको जनाएको छ। गृहले निर्वाचन बिथोल्ने घोषणा गरेका विभिन्न समूहलाई निगरानीमा राखिएको स्पष्ट पारेको छ। यस्तै प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सरकारले निर्वाचनअघिको सुरक्षा, निर्वाचन अवधिको सुरक्षा र निर्वाचनपश्चात्को सुरक्षा गरी तीन तहमा वर्गीकरण गरी सुरक्षाकर्मी खटाएको छ। 

४० मतदान केन्द्रमा हेलिकप्टरबाट मतपेटिका

७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट तयार भएको मतपेटिका ढुवानी कार्ययोजनाअनुसार मतपेटिका ढुवानी गरिनेछ। विकट तथा हिमाली जिल्लाका ४० वटा मतदान केन्द्रमा मतपेटिका पुर्‍याउन हेलिकप्टरको प्रयोग गरिनेछ। 

निर्वाचनका दिन हुन सक्ने अवाञ्छित गतिविधि रोक्नका लागि सरकारले केन्द्र, प्रदेश र जिल्लास्तरसम्म संयुक्त निर्वाचन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको छ। यसका साथै साना हतियारबाट हुन सक्ने गतिविधि रोक्नको लागि सरकारले सुरक्षा चेकजाँचमा कडाइ गरेको छ। यसक्रममा पछिल्लो १ महिनामा १ हजार ८ सय ५४ थान साना हतियार बरामद भएको गृहसचिवले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.