उदयपुरका दुई ठाउँमा बम विस्फोट

उदयपुरका दुई ठाउँमा बम विस्फोट

उदयपुर : निर्वाचनलाई बिथोल्ने गरी शुक्रबार राती उदयपुरको दुई ठाउँमा अज्ञात समुहले बम विस्फोट गराएको छ। निर्वाचनको समय दुई दिन बाँकी छँदा उदयपुरगढी गाउँपालिकाको वडा नं ७ र ८ को मध्यभागको जंगल र त्रियुगा नगरपालिका १६ को जंगलमा बम विस्फोट भएको हो। 

दुई ठाउँमा बम विस्फोट भए पनि सुरक्षा निकायले भने उदयपुरगढीमा भएको विस्फोटको मात्र पुष्टि गरेको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार शुक्रबार राती करिव ११:४५ को समयमा जंगलमा बमको जस्तो आवाज आएको हो। 

उनले भने, ‘बमको जस्तो आवाज आएपछि सडक, बस्ती र मतदान स्थलमा सुरक्षा सतर्कता बढाउँदै खोज्यौ तर कहीँ भेटिएन, हाम्रो अनुमान जंगलमै पडकिएको हुनु पर्दछ। ' त्रियुगा नपा १६ मा भने स्थानीयले ठूलो आवाजले पडकिएको बताए पनि कहीँ कतै फेला नपरेको उनले बताए। 

बम विस्फोटसँगै प्रहरीले निगरानी बढाएको छ। उक्त समुहको खोजी भइइरहेको प्रजिअ गौतमले बताए। घटनाको हालसम्म कुनै पंक्षले जिम्मा लिएको छैन। सुरक्षा स्रोतले भने नेकपा माओबादी विप्लव समुहले निर्वाचन वहिस्कार गरेकाले उक्त समुहले नै विस्फोट गराएको हुन सक्ने अनुमान गरेको छ। 

रातको समयमा बम विस्फोट भएसँगै सुरक्षा सतर्कता बढाइएको प्रजिअ गौतमले बताए। उनले भने, ‘हामीले सुरक्षा सतर्कता बढाइसकेका छौ, कहीँ कतै विस्फोट, आतंक फैलन सक्ने अवश्था छैन, निर्धक्क भएर मतदान गर्नुस्।'

उनले भने, ‘मतदान स्थल, गाउँबस्ती, सडक सबै सुरक्षित छन्, हामीले पर्याप्त मात्रमा सुरक्षाको प्रवन्ध मिलाएका छौं, शान्तिपूर्ण वातावरणबाट निर्वाचन हुन्छ, ढुक्क भएर मत लगाउनुस्।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.