मुस्ताङमा यस्तो बन्यो मतगणना स्थल
मुस्ताङ: प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणाम गणनाका लागि मुस्ताङमा मतगणना स्थलको तयारी पूरा भएको छ ।
जिल्ला समन्वय समिति मुस्ताङको माथिल्लो हटरुम कक्षमा मतगणना स्थलको पूर्वाधार निर्माण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जिससको हटरुम कोठामा मतगणना स्थल निर्माण गरिएको जानकारी दिए । मतगणना स्थलमा राजनीतिक दलका उम्मेदर, दलका प्रतिनिधि र पत्रकारहरुले सहजै देख्न फोटो खिच्न मिल्ने गरी तारजाली लगाएर मतगणना स्थल बनाईएको मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए ।
उनले मतगणना गर्दा जेनेटरको व्यवस्था मिलाईएको र पूर्व निर्धारण गरी मतपेटिका बाँकसमा भएको मतपत्र गणना गरेपछि सबै पक्षलाई जानकारी गराउन माईकिङको व्यवस्था मिलाईएको उल्लेख गरे ।
निर्वाचन आयोगले मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने बिषयमा कुनै जानकारी नगराएकाले सीसी क्यामेरा राख्ने वा नराख्ने भन्ने बिषयमा अहिले कुनै निर्णय नभएको मुख्य निर्वाचन अधिकृत पराजुलीको भनाइ छ ।
आयोगले सीसी क्यामेराको बिषयमा केही नभनेको मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए ।
यता, सीसी क्यामेरा व्यवस्थापन गर्न आयोगले यसअघिनै जानकारी गराईएको आयोगका सहायक प्रवत्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए ।
यस्तै, मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक मतपेटिका बाकस व्यवस्थापन गर्ने ठाउँको व्यवस्थापन भईसकेको छ । यसका लागि जिससको ५ वटा कोठालाई मतपेटिका राख्ने ठाउँ बनाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।