प्रहरी निर्वाचनमा, कारागारको सुरक्षामा सेना

प्रहरी निर्वाचनमा, कारागारको सुरक्षामा सेना

नुवाकोट : प्रहरीलाई प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा खटाइएपछि नुवाकोट कारागारको सुरक्षामा नेपाली सेना परिचालन गरिएको छ। 

जिल्ला सुरक्षा समन्वय समितिले अर्को व्यवस्था नगरेसम्म कारागारमा सुरक्षाका लागि सेना खटिएको जनाएको छ।  

विदुर नगरपालिका-१ ढुंगेमा रहेको नुवाकोट जिल्ला कारगारमा जवरजंग गणका सहसेनानीको नेतृत्वमा १६ जना सेना परिचालन गरिएको कारागार कार्यालयले जनाएको छ। 

कारागारको सुरक्षा आलोपालो रूपमा सेनाका जवानहरूले गरिरहेका छन्। अरू समय सबै प्रहरीले कारागारको सुरक्षा दिने गरेकोमा हाल दुई जना प्रहरी मात्र रहेका छन्।

नुवाकोट जिल्ला कारागारमा हाल १६ महिलासहित एकसय ६६ जना कैदीबन्दी रहेका छन्।

कारागारमा खटाइएका नेपाल प्रहरीको टोली नफर्किएसम्म कारागारको सुरक्षा पहरा नेपाली सेनाको टोलीले गरिरहेको नुवाकोट कारागारका प्रमुख जेलर गंगालाल योगीले जानकारी दिए। 

उनी आफैं पनि कारगारमा रहेका २४ जना अस्थायी मतदाताका लागि मतदान अधिकृतका रूपमा खटिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.