नवलपरासीमा २ लाख ४० हजार ९३० मतदाताले मनदान गर्दै
परासी : नवलपरासीमा पनि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । जिल्लाकाक २ निर्वाचन क्षेत्र र ४ प्रदेशसभामा १ सय २० मतदान स्थल र २ सय ८७ मतदान केन्द्र छन् । त्यस्तै कैदीबन्दी र कर्मचारीका लागि कारागार कार्यालयमा १ अस्थायी मतदान केन्द्र छन् ।
जिल्लामा कुल २ लाख ४० हजार ९३० मतदाता रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जिल्लामा कुल ८८ जनाले उम्मेदवारी दिएका छन् ।