धनुषाका दुई ‘हेभिवेट’ले आफैंलाई मतदान गर्न पाएनन्

धनुषाका दुई ‘हेभिवेट’ले आफैंलाई मतदान गर्न पाएनन्

धनुषा : धनुषा क्षेत्र नं. ३ का दुई ‘हेभिवेट’ उम्मेदवारले आफैंलाई मतदान गर्नबाट वञ्चित भएका छन्। उम्मेदवार बनेका धनुषा ३ का नेकपा एमालेका उम्मेदवार जूली महतो र लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले आफैंले आफैंलाई मतदानबाट वञ्चित भएका हुन्।

मतदाता नामावलीमा नाम भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बन्दा उनीहरु दुवै जना मत खसाउनबाट वञ्चित भएका हुन्। धनुषा निर्वाचन क्षेत्र नं. ३ मा दुई पूर्वमन्त्री सहित ३१ जना चुनावी मैदानमा रहे पनि मुख्य प्रतिस्पर्धीले नै आफैंलाई मतदान गर्नबाट वञ्चित भएका छन्।

प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार महतो धनुषा क्षेत्र नं. ४ को भोटर हुन्। तर, उम्मेदवारी धनुषा ३ बाट दिएकी छन्। यस्तै, झा पनि रौतहट क्षेत्र १ का मतदाता हुन्। तर, उनको उम्मेदवारी धनुषा ३ बाट परेको हो।

जुलीले धनुषाको निर्वाचन क्षेत्र नं. ४ को जनकपुरधाम–९ स्थित सुहृदय पुस्तकालयको मतदान केन्द्र पुगेर मत खसालेकी छन्। यस्तै नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका धनुषा ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रघुवीर महासेठ पनि सोही मतदान केन्द्र पुगेर मतदान गरेका छन्।

धनुषा ३ मा राष्ट्रिय राजनीतिका दुई ‘हेभिवेट’ उम्मेदवारबीच प्रतिस्पर्धाले यहाँको माहोललाई रोचक देखिएको छ। जुलीलाई एमाले र जसपाको समर्थन छ भने अर्का नेता अनिललाई सत्ता गठबन्धनको समर्थन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.