मोरङमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

मोरङमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

विराटनगर : मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा फेला परेको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ। टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको अवस्थामा बमजस्तो देखिने शंकास्पद वस्तु आइतबार बिहान ८:३० बजेतिर फेला परेको थियो। उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। तर बम नरहेको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। 

उनका अनुसार मतदानका दिन मतदातालाई त्रसित बनाउनका लागि निर्वाचन विरोधी गतिविधि गर्दै आएको समूहले उक्त वस्तु राखेको हुनसक्ने आशंका गरिएको छ। सबै मतदान केन्द्रमा सुरक्षा सतर्कता बढाइएको जानकारी उनले दिए। 
सबैतिरको सुरक्षा व्यवस्था कडा पारिएका कारण ढुक्क भएर मतदान गर्न मतदातालाई उनको आग्रह छ। ‘मतदाता, उम्मेदवार र मतदानमा खटिने कर्मचारी सबैको सुरक्षाको ग्यारेन्टी गरिएको छ,’ एसपी कोइरालाले भने। 

यसैबीच मोरङमा उत्साहपूर्ण हिसाबले मतदान जारी छ। मतदाताहरु बिहानैदेखि मत खसाल्न लाइनमा बसेका छन्। मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी केन्द्र छन्। सबै केन्द्रमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। 

मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन्। अहिलेसम्म २० हजार ७ सय २६ जनाले मतदान गरिसकेका छन्। हालसम्म मोरङमा २.८२ प्रतिशत मतदान भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.