बर्दियाको शम्भुशरण माविमा स्थगित भएको मतदान सुरु
गुलरिया : बर्दियाको शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान कार्य सुरु गरिएको छ।
अज्ञात समूहले मतदान स्थल बाहिर विष्फोट गराएपछि मतदाताको माग अनुसार मतदान स्थल सर्चका लागि करिव १ घण्टा मतदान रोकिएको थियो।
गुलरिया नगरपालिकाको खैरापुर, राजापुरको धोविनपुर, ठाकुरबाबाको आम्वासा र बढैयाताल गाउँपालिकाको मैनापोखरमा प्रेसर कुकरभित्र शंकास्पद वस्तु भेटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।
गुलरियाको भैसाहीमा भेटिएको शंकास्पद वस्तु फोहरको थुप्रो पुष्टि भयो। अन्य स्थानमा रहेका शंकास्पद वस्तु निष्कृय पारिएको छ।
प्रतिनिधि तथा प्रदेसभा सदस्य निर्वाचनका दिन जिल्लाका विभिन्न स्थानहरूमा राखिएका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।
बर्दियाको बढैयाताल, गुलरिया, ठाकुरबाबा र राजापुर नगरपालिकाको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका हुन्।
बर्दियाको १ सय ५४ मतदान स्थलका ३ सय ७६ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भैरहेको प्रजिअ बास्तोलाले बताएका छन्।