मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा
महोत्तरी: मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शान्तिपुर्ण तवरले मतदान भईरहेको बताएका छन् ।
मतदानका लागि गौशाला नगरपालिका ६ फुलकाहास्थित राष्ट्रिय मावि भेडियाही मतदान केन्द्र पु्गेका मन्त्री साहले सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश भर शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए ।
मन्त्री साहका अनुसार यसपटकको निर्वाचनमा गत स्थानीय तहको निर्वाचनमा भएको कमी कमजोरीलाई मनन गर्दै सुरक्षा रणनीति अपनाईएको हो । प्रतिनिधि सभा र प्रदेश सभाका लागि हुन लागेको निर्वाचनलाई ध्यानमा राख्दै प्रदेशभर नै विशेष रुपमा सुरक्षासँग सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ ।