हुम्लाको सर्केगाडमा झडप, सहायक मतदान अधिकृतसहित म्यादी प्रहरी घाइते

हुम्लाको सर्केगाडमा झडप, सहायक मतदान अधिकृतसहित म्यादी प्रहरी घाइते

हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृतिसहित तीनजना घाइते भएका छन्।

घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र दुईजना म्यादी प्रहरी रहेको डीएसपी कृष्णाराज ओझाले अन्नपूर्णलाई जानकारी दिए।

झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो।

बिहान करिब ८ बजेतिर सत्ता गठबन्धनका उम्मेदवार र स्वतन्त्रका उम्मेदवारका कार्यकर्ताबीच विवाद भएको हो। सोही क्रममा सहायक मतदान अधिकृत भण्डारी घाइते भएका हुन्।

दुवै पक्षबीच झडप हुँदा केही मतपत्र समेत च्यातिएको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.