दार्चुलाको आगर बगौरा मतदान केन्द्रमा हवाई फायर
दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका-५ मालिकार्जुन मावि आगर बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ।
मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरूले हालेको पाएपछि सामान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो।
स्थानीयले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको छ।
हवाई फायरपछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको छ।